सोमबार, वैशाख १४, २०८३

कैलालीबाट एकै दिन चार लागूऔषध प्रयोगकर्ता पक्राउ

कैलालीमा लागूऔषधसहित चार जना युवा प्रक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित उनीहरूलाई पक्राउ परेको हो।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

धनगढी- कैलालीमा लागूऔषधसहित चार जना युवा प्रक्राउ परेका छन्। जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित उनीहरूलाई पक्राउ परेको हो।

National life

धनगढी उपमहानगरपालिका-९ बङ्ग्राकटानबाट लागूऔषध दुई सय १० मिलिग्राम सहित ३ जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-८ बुद्ध चोकका २१ वर्षीया मनिका वुढा, धनगढीगाँउका २६ वर्षीय महेश राना र २० वर्षीय रामलखन राना रहेका छन्। 

अस्थायी प्रहरी पोष्ट जुगेडाबाट खटिएको प्रहरी टोलीले तीनै जनालाई अवैध लागूऔषधसहित पक्राउ गरेको हो। त्यस्तै जानकी गाउँपालिका–६ जगतपुर घर भई टीकापुर नगरपालिका–१ ब्लक नम्बर १४ बस्ने २४ वर्षीय नुतन कडायत पनि पक्राउ परेका छन्। 

उनी अवैध लागूऔषध १ सय मिलिग्रामसहित सोमबार दिउँसो पक्राउ परेका हुन्।

kumari

प्रकाशित: Feb 14, 2023| 13:51 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।