सोमबार, वैशाख १४, २०८३

पर्सामा ट्रकको ठक्करबाट साइकल चालकको मृत्यु

पर्साको वीरगञ्ज महानगरपालिका–२० मा ट्रकले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

National life
kumari

पर्सा- पर्साको वीरगञ्ज महानगरपालिका–२० मा ट्रकले ठक्कर दिँदा साइकल चालकको मृत्यु भएको छ। बहुअरीबाट परवानीपुर तर्फ जाँदै गरेको बाग्मती प्रदेश–०३–००१ ख १४१८ नम्बरको ट्रकले ठक्कर दिँदा साइकलमा सवार  नागेन्द्र ठाकुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

साइकल चालक ठाकुर परवानीपुरबाट अपौनी चोकतर्फ आउँदै थिए। साइकल मोड्दै गरेको बेल ट्रकले ठक्कर दिँदा उनी रेलिङमा च्यापिएका थिए। उपचारको क्रममा उनको नारायणी अस्पतालमा मृत्यु भएको र ट्रक चालक मकवानपुर घर भएका रमेश गोम्बालाई पक्राउ गरिएको जिप्रका पर्साले जनाएको छ।

प्रकाशित: Feb 14, 2023| 13:28 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।