सोमबार, साउन ४, २०८३

युएईले नेपाललार्इ दियो २६९ रनको लक्ष्य 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-बंगलादेशमा जारी एसीसी यू-१९ एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) ले नेपाललाई जितका लागि फराकिलो लक्ष्य सुम्पिएको छ । टस जिते पहिले ब्याटिङग गरेको युएईले नेपाललाई २६९ रनको फराकिलो लक्ष्य सुम्पिएको हो । 

अघिल्ला दुई खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिसकेको नेपाल आज युएईमाथि जित निकाल्दै सान्त्वना जितको खोजीमा हुनेछ । यता युएईपनि पहिलो जितको खोजीमा रहनेछन् । 

समूह ‘ए’ मा रहेको नेपाल र युएईले अंक तालिकामा खाता खोल्न सकेका छैनन् । दुवैले अघिल्ला दुई खेल गुमाएको थियो । युएईले ५० ओभर खेल्दै ८ विकेट गुमाएर २६८ रन जोडेको थियो । 

युएईका लागि कप्तान फाहद नवाजले ८३ रन जोड्दा अंश टन्डनले ६७ रनको अर्धशतकीय पारी खेले । दुवैले पहिलो विकेटका लागि १५९ रनको साझेदारी गरेका थिए । नेपालका नन्दन यादव, राशिद खान र पवन सर्राफले समान २-२ विकेट लिए ।

यस समूहबाट भारत र अफगानिस्तान समान ४-४ अंक जोडेर सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।