शुक्रबार, फागुन १, २०८२

नेपालविरुद्ध नामिबियाका माइकलको अर्धसतक

काठमाडौंको त्रिवीक्रिकेट मैदानमा आजबाट सुरुभएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नामिबयाका माइकल भान लिंगेन अर्धसतक बनाउने पहिलो खेलाडी बनेका छन्।
 |  मंगलबार, फागुन २, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २, २०७९

National life
Laxmi sunrise bank

काठमाडौं- काठमाडौंको त्रिवीक्रिकेट मैदानमा आजबाट सुरुभएको आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको खेलमा नामिबयाका माइकल भान लिंगेन अर्धसतक बनाउने पहिलो खेलाडी बनेका छन्। उनले नेपालविरुद्ध ७१ ब्लमा अर्धसतक पुरा गरेका हुन्। उनले दुई छक्का र चार चौकाका साथ अर्धसतक बनाएका हुन्।

खेलमा नामिबियाका दुवै ओपनर आउट भइसकेका छन्। सोमपालले खेलको दोस्रो ओभरको पाँचौँ बलमा नामिबियाका ओपनर लो हान्द्रे लोउरेन्सलाई आउट गराएका हुन्। लोउरेन्सले उक छक्काका साथ पाँच रन बनाएर आउट भएका छन्। उनी आउट हुँदा नामिबियाको हातमा १० मात्र थियो। अहिले सुरुआति छ ओभर सकिँदा नामिबियाले १६ रन बनाएको छ।

त्यस्तै सन्दीप लामिछानेले कार्ल बिकेन्स्टोकलाई १३ रनमा आउट गराएका थिए। त्यस पहिले नेपालका लागि सोमपाल कामी र सन्दीप लामिछानेले समान १–१ विकेट लिएका छन्।

प्रकाशित: Feb 14, 2023| 10:50 मंगलबार, फागुन २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।