शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पूर्वराजपरिवारलाई साक्षी राखेर 'ओलीभक्त' प्रसाईंले थाले महाअभियान

पूर्वराजपरिवारलाई साक्षी राखेर 'ओलीभक्त' प्रसाईंले थाले महाअभियान

एमाले निकट प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यलाई एकै मञ्चमा आसन गराएर नागरिक बचाउ महाअभियान सुरु गरेका हुन्।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

National life

काठमाडौं– कुनै बेला नेकपा एमाले अध्यक्ष केपी ओली निकट मानिने बीएमसी हस्पिटलका मालिक दुर्गा प्रसाईंले एकाएक कित्ता बदलेका छन्।

एमाले निकट प्रसाईंले राजावादी कित्तामा लम्किएर पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यलाई एकै मञ्चमा आसन गराई नागरिक बचाउ महाअभियान सुरु गरेका हुन्।

सोमबार पूर्वराजा ज्ञानेन्द्रले मेची पुलमा दीप बालेर प्रसाईंको महाअभियान उद्घाटन गरे। कार्यक्रममा पूर्वयुवराज पारस शाह र पूर्वअधिराजकुमारी प्रेरणा शाह उपस्थित थिए। प्रसाईंले देश बचाउन भन्दै पूर्वराजाका बाबुछोरालाई एकै ठाउँ राखेर कार्यक्रम गरेका हुन्।

प्रकाशित: Feb 13, 2023| 16:54 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...