सोमबार, वैशाख १४, २०८३

नेपालले पठायो टर्की भूकम्प प्रभावितलाई राहत

नेपालले पठाएका राहत सामग्रीमा औषधी, मेडिकल उपकरण, न्याना कपडालगायत अत्यावश्यक वस्तु रहेका छन्।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

National life
kumari

काठमाडौं– नेपालले टर्कीका भूकम्प प्रभावितलाई सहयोग उपलब्ध गराउने उद्देश्यले राहत सामग्रीको पहिलो खेप पठाएको छ। सोमबार २२ टन बढी राहत सामग्री त्रिभुवन विमानस्थल हुँदै टर्की पठाइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो।

नेपालले पठाएका राहत सामग्रीमा औषधी, मेडिकल उपकरण, न्याना कपडालगायत अत्यावश्यक वस्तु रहेका छन्। गत २३ माघमा टर्की र सिरियामा शक्तिशाली भूकम्प जाँदा हालसम्म ३० हजार बढीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

भूकम्प गएको दोस्रो दिन २५ माघमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले टर्कीमा अत्यावश्यक सामग्री र स्वास्थ्यकर्मी पठाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार नेपालले टर्की भूकम्प प्रभावितका लागि सहयोग सामग्री पठाएको हो।

प्रकाशित: Feb 13, 2023| 13:41 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।