आइतबार, जेठ ३, २०८३

यसरी धुनुस् फेस मास्क

कोरोना भाइरसका कारण मानिसका लागि फेस मास्क अत्यावश्यक वस्तु बन्न पुगेको छ।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

कोरोना भाइरसका कारण मानिसका लागि फेस मास्क अत्यावश्यक वस्तु बन्न पुगेको छ। भाइरस फैलनबाट जोगाउनका लागि फेस मास्क प्रयोग गर्ने गरिन्छ। भाइरस संक्रमणबाट बच्न मास्कलाई नै अचूक अस्त्र मानेका छन् विज्ञहरुले। 

National life

अहिले बजारमा विभिन्न गुणस्तरका मास्क पाइन्छन्। पहिले धेरै भेराइटीका मास्क पाइँदैनथ्यो तर अहिले अनेक थरी मास्क पाइन्छ।

कतिपय मास्क युज एन्ड थ्रो अर्थात् एक पटकमात्र प्रयोग गर्ने खालको हुन्छ भने कतिपय धोएर पुनः प्रयोग गर्न पनि सकिन्छ। 

तपाईं हामीले पनि मास्क धोएर लगाउने गरेका छौं। तर, धुने सही तरिका थाहा नहुन सक्छ।

कसरी धुने त फेस मास्क ?

– डेढ मगजति तातो पानी र एक चम्चा वासिङ लिक्विड ठिक पार्नुहोस्। 

– आधा मग तातो पानीमा एक चम्चा वासिङ लिक्विड हाल्नुहोस्। 

– यसलाई राम्रोसँग मिक्स गर्नुहोस्। 

– पुनः प्रयोग गर्न सकिने कटनको फेस मास्कलाई ८ देखि १० मिनेटसम्म भिजाएर राख्नुहोस्।  

– अब मास्कलाई निकालेर हातले हल्का मिच्नुहोस्।  

– मास्कको दुवैतर्फ मिच्नुहोस्।  

– त्यसपछि मास्कलाई सफा पानीले धुनुहोस्। 

– मास्कलाई सिधा घाममा होइन, छायामा सुकाउनुहोस्। 

– कटन वा कपडाको मास्कलाई वासिङ मेसिनको ड्रायरमा समेत सुकाउन सकिन्छ।  


प्रकाशित: Aug 11, 2021| 07:09 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्