सोमबार, वैशाख १४, २०८३

कोभिडविरुद्धको ३ लाख ४५ हजार ६०० बुस्टर डोज ल्याइयो

कोभिडविरुद्धको बुस्टर डोजका लागि सरकारले ३ लाख ४५ हजार ६०० डोज फाइजरको वाइभ्यालेन्ट खोप भित्र्याएको छ। सोमबार बिहान कतार एयरको उडानबाट सरकाले खोप ल्याएको हो।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं- कोभिडविरुद्धको बुस्टर डोजका लागि सरकारले ३ लाख ४५ हजार ६०० डोज फाइजरको वाइभ्यालेन्ट खोप भित्र्याएको छ। सोमबार बिहान कतार एयरको उडानबाट सरकाले खोप ल्याएको हो। 

National life

कोभ्याक्स सुविधाअन्तरगर्त प्राप्त गर्ने कुल १५ लाख डोज खोपमध्ये आज पहिलो खेप ३ लाख ४५ हजार ६०० डोज खोप आएको आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा अन्तरगर्तको आपूर्ति शाखाका खोप सुपरभाइजर ओम उपाध्यायले बताए। यसपछि बाँकी खोप ४, ८, ११ र १५ फागुनमा आउने बताइएको छ।

सरकारले कोभिडविरुद्धको बुस्टर डोज लगाउन आह्वान गरे पनि मौज्दात खोप नहुँदा रोकिएको थियो। नयाँ खोप आएपछि बुस्टर डोज लगाउनका लागि बाटो खुलेको छ । 

यो खोपको आपतकालिन प्रयोगका लागि गत १२ पुसमा बसको औषधि सल्लाहकार समितिको ५४औं बैठकले स्वीकृत गरेको थियो।

प्रकाशित: Feb 13, 2023| 11:23 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।