सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • घर भत्काउने क्रममा ललितपुरमा तीन तलाबाट खस्दा मजदुरको मृत्यु

घर भत्काउने क्रममा ललितपुरमा तीन तलाबाट खस्दा मजदुरको मृत्यु

ललितपुरको सुनाकोठीमा तीन तलाबाट खस्दा एकको मृत्यु भएको छ।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं- ललितपुरको सुनाकोठीमा तीन तलाबाट खस्दा एकको मृत्यु भएको छ। 

National life

आइतबार सवा ३ बजे ललितपुर महानगरपालिका-२७ सुनाकोठीमा तीन तलाबाट खस्दा एक जना पुरूषको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

बाबुराम महर्जनको इट्टा र माटोले बनेको ३ तले कच्ची घर भत्काउने काम भइरहेको थियो। त्यही क्रममा बागमती गाउँपालिका-६ आश्राङ बस्ने ३५ वर्षीय विशाल मोक्तान माथिबाट खसेको एसपी पोखरेलले बताए। 

उनको उपचारको लागि पाटन अस्पताल पुर्‍याउँदा पौने ४ बजे मृत्यु भएको उनले जानकारी दिए। घटनाको थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित: Feb 13, 2023| 07:50 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।