सोमबार, साउन ४, २०८३

युभेन्ट्स, रियल र सिटी भिड्दै, कसको प्रतिद्वन्द्वी को ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
एजेन्सी-युरोपियन क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग अन्तर्गत आज (मंगलबार) आठ खेल हुँदैछन् । च्याम्पियन्स लिग अन्तर्गत समूह चरणको खेलमा नेपाली समय अनुसार १०:४० बजे दुई खेल हुदै छन् । 

पहिलो खेल इंग्लिश क्लब म्यानचेस्टर सिटी र जर्मन क्लब होफेनहाइमले प्रतिस्पर्धा गर्नेछन्  भने दोस्रो खेल इटालियन क्लब युभेन्ट्सले योङ ब्वाइजविरुद्ध खेल्नेछ । 

त्यस्तै  सिटीले उसैको मैदानमा होफेनहाइमविरुद्ध खेल्नेछ । समूह चरणको पहिलो खेलमा फ्रेन्च क्लब लियोनसँग स्तब्ध सिटीलाई यो खेल जित्नैपर्ने बाध्यता छ । घरेलु मैदानमा हुने खेलमा युभेन्ट्स शतप्रतिशत जितको लक्ष्यमा हुनेछ । 

तर, योङविरुद्ध युभेन्ट्सका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो मैदानमा हुनेछैनन् । भ्यालेन्सियाविरुद्ध रातो कार्ड पाएका रोनाल्डो एक खेलको प्रतिबन्धमा छन् । नेपाली समय अनुसार १२:४५ मा च्याम्पियनस लिगमा छ खेल हुदै छन् । 

पहिलो खेल बेन्फिका र एइकेबीच प्रतिस्पर्धा हुदै छ । त्यस्तै रियल मड्रिडले सीएसकेए कस्कोको उसैको मैदानमा सामना गदै छ । बार्यनले अजाकविरुद्ध र इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले स्पेनिस क्लब भ्यालेन्सियाविरुद्ध खेल्नेछ । 

पहिलो खेलमा योङ ब्वाइजलाई हराएको युनाइटेड लगातार दोस्रो जितको खोजीमा हुनेछ । भ्यालेन्सिया पहिलो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । अर्को खेलमा लियोन सक्तर डोनेट्स्क तथा रोमा प्लाजिनको सामना गर्दै छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।