सोमबार, वैशाख १४, २०८३

आज सार्वजनिक बिदा

सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को हिजो बसेको बैठकबाट बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं- सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को हिजो बसेको बैठकबाट बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ।

National life

नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’ भन्दै बिदा दिएको हो। माओवादीले ०५२ फागुन १ गते सरकारविरुद्ध सशस्त्र द्वन्द्व सुरु गरेको थियो। त्यो करिब १० वर्षसम्म चलेको थियो। 

द्वन्द्वका क्रममा माओवादी, सर्वसाधारण नागरिक, प्रहरी, सेना गरी १७ हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएका थिए। त्यसैको सम्झनामा फागुन १ लाई माओवादी नेता–कार्यकर्ताले ‘जनयुद्ध दिवस’का रूपमा मनाउँदै आएका छन्।

राज्यपक्षबाटै यस दिन बिदा दिइँदा चौतर्फी विरोध गरिएको छ।

प्रकाशित: Feb 13, 2023| 06:22 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।