सोमबार, वैशाख १४, २०८३

जहाँ घोडा चढेर किसानका गोठमा पुग्छन् पशु प्राविधिक

यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी गोठगोठमा पुगेर किसानलाई सेवा दिन घोडा चढेर गाउँबस्तीमा पुग्ने गर्छन्। उनले एक लाखमा घोडा किनेका छन्।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

गलेश्वर- पश्चिम म्याग्दीको सुन्दर र सुविधा सम्पन्न गाउँ हो ताकम। धवलागिरि गाउँपालिका–७ मा पर्ने यो गाउँका अधिकांश ठाउँमा सडकको सुविधा छ। घरघरमा मोटर साइकल र अन्य सानाठूला सवारी साधन छन्।

National life

यही गाउँका ५६ वर्षीय पशु प्राविधिक देवीप्रसाद सुवेदी गोठगोठमा पुगेर किसानलाई सेवा दिन घोडा चढेर गाउँबस्तीमा पुग्ने गर्छन्। उनले एक लाखमा घोडा किनेका छन्। करिब तीन दशकदेखि पशुपालक कृषकको सेवामा सक्रिय पशु प्राविधिक सुवेदीले सडक सञ्जाल नपुगेका बस्तीसँगै सडक पुगेका ठाउँमा समेत घरमै सेवा दिने उद्देश्यले घोडा किनेका हुन्।

घरमै औषधिसहित पुगेर सेवा दिन मोटरसाइकलभन्दा सस्तो र भरपर्दो हुने भएकाले घोडा किनेको सुवेदीको भनाइ छ। ‘इञ्जिनभन्दा भरपर्दो छ, दुर्घटनाको जोखिम पनि कम हुन्छ, मर्मतको खर्च लागेन’, सुवेदीले भने। किसानको घरआँगनमै पुगेर सेवा दिन पैदल र मोटरसाइकलभन्दा पनि सहज भएकाले घोडा किनेको सुवेदीले बताए।

गाउँपालिकाको विकट बस्ती लुलाङ, मुदीसहित सडक सञ्जाल नपुगेका धेरै ठाउँमा घोडामै गएर सेवा दिने गरेको उनले बताए। दुधालु गाईभैँसीमा बाँझोपन निराकरण तथा पशु स्वास्थ्य सेवा घरदैलोमा पुग्ने क्रममा सेवाग्राही समेत उत्साहित हुने गरेका उनको भनाइ छ।

लामो समयदेखि व्यावसायिकरुपमा गाईभैँसी, बाख्रापालन गर्ने कृषकसँग घरमै पुगेर व्यवसाय सञ्चालनका क्रममा आइपरेका समस्याका बारेमा जानकारी लिने, घरमै पुगेर उपचार गर्ने, औषधि वितरण गर्ने र आवश्यक परामर्श दिने गरेका सुवेदीको सेवाबाट कृषकसमेत सन्तुष्ट छन्। घोडामा लाग्ने खर्च कम भएकालेसमेत ग्रामीण क्षेत्रमा महँगो हालेर मोटरसाइकल किन्न आवश्यक नभएको उनको तर्क छ।

kumari

मर्ने अवस्थामा रहेका पशुचौपायाको उपचारसँगै भैँसीमा देखिएको बाँझोपनका कारण पत्ता लगाई औषधि उपलब्ध गराउँदा सुवेदीलाई यातायात खर्चसहितको सुविधासमेत कृषकले दिन्छन्। परिवारका सदस्यलेसमेत घोडाको स्याहारसुसार र हेरचाहमा सघाउने गरेको उनले बताए।

धवलागिरि गाउँपालिका–१ गुर्जा, वडा नं २ लुलाङको बस्ती, मुदीका विभिन्न गाउँमा अहिलेसम्म सडक सञ्जालले छोएको छैन। सडक सञ्जाल पुगेका बस्तीमा समेत मोटरसाइकल र अन्य सवारी साधनको प्रयोग गर्न सहज छैन। वर्षाको समयमा ठाउँठाउँमा झरेको पहिराका कारण भएका सडकखण्ड पनि पूर्णरूपले अवरुद्ध हुने गरेको अवस्थामा समेत सहज सेवा दिन मिलेको उनी बताउँछन्।

प्रकाशित: Feb 12, 2023| 23:00 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।