सोमबार, वैशाख १४, २०८३

८ करोडमा बनेको सभागृह प्रयोगविहीन

सभागृह सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर अन्यत्र निजी हल र होटेल प्रयोग गर्नुपरेको छ। तत्कालिन महेन्द्रनगर नगर विकास समितिले सभागृह निर्माण गरेको हो।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

कञ्चनपुर- कञ्चनपुरको महेन्द्रनगरस्थित सभागृह प्रयोगविहिन अवस्थामा छ। पाँच वर्ष अघि रु आठ करोड ५१ लाखमा बनेको उक्त सभागृह हालसम्म पनि प्रयोगमा आउन सकेको छैन। 

National life

तीनतले सुविधा सम्पन्न सभागृहमा भूमिगत पार्किङको सुविधा छ। सभागृह सञ्चालनमा नआउँदा चर्को भाडा तिरेर अन्यत्र निजी हल र होटेल प्रयोग गर्नुपरेको छ। तत्कालिन महेन्द्रनगर नगर विकास समितिले सभागृह निर्माण गरेको हो। 

हाल उक्त सभागृह भीमदत्त नगरपालिका मातहत छ। नगरपालिकाका सूचना अधिकारी हरिसिंह धामीले सभागृह उद्देश्यअनुरुप प्रयोगमा आउन नसकेको बताए। 

‘सभागृहलाई नगरपालिकाले भूमिहिन र सुकुम्बासीको लगत लिने कार्यालयका रुपमा सञ्चालन गरेको छ’, उनले भने, ‘अब छुट्टै कार्यविधि बनाएर सञ्चालन गर्ने तयारी छ।’ 

सभागृह सञ्चालनबारे नगरपालिकाले आवश्यक मापदण्ड बनाउन सकेको छैन। करोडौँ रकम खर्चेर निमार्ण गरिएको सभागृह तत्काल सञ्चालनमा ल्याउनुपर्ने माग छ। ‘महेन्द्रनगरमा कुनै कार्यक्रम आयोजना गर्नुपरेमा चर्को शुल्क तिरेर होटेल जानुपर्ने बाध्यता छ’, स्थानीय कृष्ण भट्टले भने। 

kumari

पूर्वपश्चिम राजमार्गसँगै जोडिएको साढे पाँच बिघामा बनेको उक्त सभागृह अपाङ्गमैत्री छ। सभागृह एक हजार जना अटाउने क्षमताको छ। 

‘सभागृहमा अन्य कार्यालय सञ्चालन गरिनु हुन्न’, स्थानीय नरेश पाण्डेयले भने, ‘सभागृहको एकदमै आवश्यकता भएरै निर्माण गरिएको हो।’

 विसं २०६५ मा श्यामसुन्दर र गौरी पार्वती जेभी निर्माण कम्पनीसँग दुई वर्षभित्र काम सक्ने गरी छ करोड ८१ लाखमा सभागृह निर्माणको सम्झौता भएको थियो। सम्झौता हुँदाको लागत अनुमान र डिजाइन परिवर्तनपछि ठेक्का रकम बढाइएको थियो। 

प्रकाशित: Feb 12, 2023| 22:00 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।