आइतबार, चैत १५, २०८२

साफ यू-१८ : समूह विजेताका लागि नेपाल र बंगलादेश भिड्दै 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
फाइल तस्बिर
 
काठमाडौं-भुटानमा जारी साफ यू-१८ महिला च्याम्पियनसिप अन्तर्गत आज (मंगलबार) नेपाल र बंगलादेश भिड्दै छन् । आफ्नो सुरुवाती खेल जितेका यि दुवै टोलीलाई यो खेल जिते विजेता र उपविजेताको टुङ्गो लाग्ने छ । 

खेल बराबरीमा सकिएको खण्डमा बंगलादेश समूह विजेता हुनेछ । नेपाल र बंगलादेश यस अघि नै सेमिफाइनलमा प्रवेश गरि सकेका छन् ।

नेपालले पहिलो खेलमा पाकिस्तानलाई १२-० को फराकिलो अन्तरले पराजित गरेको थियो । उक्त खेलमा नेपालका लागि रेखा पौडेल एक्लैले ७ गोल गरेकी थिइन् । निकै नै आक्रामक रणनीतिमा खेलेको नेपालले पहिलो हाफमा नै ६ गोल गरेको थियो ।

त्यत्सै यता बंगलादेशले पनि पहिलो खेलमा पाकिस्तानलाई १७-० ले पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको थियो । पाकिस्तान लिगका दुवै खेलमा पराजित हुँदै बाहिरिसकेको छ । 

प्रतियोगिताको अर्को समूहमा भुटान, माल्दिभ्स र भारत रहेका छन् । सुरुआती दुई खेलमा भुटान र भारतले १-१ जित दर्ता गरेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।