सोमबार, वैशाख १४, २०८३

नुवाकोटमा एक हजार बढी कुकुरको बन्ध्याकरण

नगरपालिकाको ‘रेविज रोग नियन्त्रण अभियान’मार्फत यही माघ १३ गतेदेखि सुरु भएको सामुदायिक (छाडा छोडिएका) र घरमा पालिएका समेत एक हजार एकसय ४५ कुकुरलाई बन्ध्याकरणसहित रेविजरोग विरुद्धको खोप लगाइएको हो।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

त्रिशूली- विदुर नगरपालिकामार्फत नगरभित्रका एक हजार भन्दाबढी सामुदायिक तथा घरपालुवा कुकुरको बन्धाकरण गरिएको छ। नगरपालिकाको ‘रेविज रोग नियन्त्रण अभियान’मार्फत यही माघ १३ गतेदेखि सुरु भएको सामुदायिक (छाडा छोडिएका) र घरमा पालिएका समेत एक हजार एकसय ४५ कुकुरलाई बन्ध्याकरणसहित रेविजरोग विरुद्धको खोप लगाइएको हो।

National life

नगरप्रमुखर राजन श्रेष्ठका अनुसार सामुदायिक कुकुरले मानिस तथा पशुचौपायलाई टोकेर घाइते बनाउनाका साथै रेविज रोगको संक्रमण बढाउने, ट्राफिक आवागमनमा असर पुर्‍याउने र बालबालिकामा त्रास फैलाउने घटना बढेपछि नियन्त्रणका लागि बन्धाकरण र खोप कार्यक्रम चलाइएको हो।

'नगरवासीको सुरक्षा एवं पशुको रक्षाका लागि सामुदायिक कुकुर नियन्त्रण गर्न उक्त कार्यक्रम सञ्चालन गरिएको हो।' उनले भने 'अभियानका क्रममा घरपालुवा कुकुरकोसमेत बन्ध्याकरण गरिएको छ भने कुकुर पालनमा हेरचाह गर्न र छाडा नछोड्न सचेतनालगायत कार्यक्रम पनि गरिएको छ।' उक्त अभियानमा पोथी कुकुरको बध्याकरण गरिएको र  भाले कुकुरलाई रेविजरोग विरुद्धको खोप लगाइएको थियो।

बन्ध्याकरण र खोप कार्यक्रम सञ्चालनका लागि बनेपास्थित नेपाल पशुकल्याण तथा अनुसन्धान केन्द्रले प्राविधिक सहयोग पुर्‍याएको थियो। 


प्रकाशित: Feb 12, 2023| 14:58 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।