सोमबार, वैशाख १४, २०८३

महाशिवरात्रिमा चिटिक्क पारिँदै पाशुपत क्षेत्र

महाशिवरात्रि अवसरमा पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पाशुपत क्षेत्रमा थालियो विशेष सफाइ अभियान।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं– हिन्दु धर्मावलम्बीको आस्थाको धरोहर पशुपतिनाथ मन्दिर परिसरलाई यतिबेला झकीझकाउ पार्न थालिएको छ। महाशिवरात्रि अवसरमा पशुपतिनाथ दर्शनका लागि आउने भक्तजनलाई सुविधा दिने उद्देश्यले पशुपति क्षेत्रमा विशेष सफाइ अभियान थालिएको छ।

National life

आइतबार विशेष सफाइ अभियान सुरु गर्दै संस्कृतिमन्त्री सुदन किराँतीले विश्वभर फैलिएका वैदिक सनातन हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई सधैं सफा र पवित्र राखिनुपर्नेमा जोड दिए।

विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रलाई सफा एवं स्वच्छ बनाएर धेरैभन्दा धेरै पर्यटक आकर्षित गर्न सके राष्ट्रिय अर्थतन्त्र वृद्धिमा सहयोग हुने उनको भनाइ छ।

पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका मन्त्री किराँतीले पशुपति क्षेत्रका सम्पदा स्थल, फूलप्रसाद बिक्री कक्षलगायत स्थलको अवलोकनसमेत गरे।

पशुपति क्षेत्रलाई सफा राख्न उनले कोषका उच्च अधिकारीलाई निर्देशन दिए। पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीका लागि आवश्यक सबै काम गर्न उनले मूल समारोह समितिअन्तर्गत गठन भएका ९ वटै उपसमितिलाई निर्देशन दिए। मूल समारोह समिति अध्यक्ष मन्त्री किराँती नै रहेका छन्।

kumari

सफाइमा कोषका सदस्यसचिव डा. मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कार्यकारी निर्देशक डा. घनश्याम खतिवडालगायत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय, भक्तजन, स्थानीय संघ–संस्थालगायतको सहभागिता रहेको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए।

मूल समारोह समितिअन्तर्गत गठित उपसमितिले महाशिवरात्रिका दिनसम्म प्रत्येक दिन सफाइ अभियानलाई निरन्तरता दिने भएको छ। यसअन्तर्गत कोषमा कार्यरत करिब १०० सफाइ कर्मचारी र स्वयंसेवी पनि सहभागी हुने जनाइएको छ।

प्रकाशित: Feb 12, 2023| 12:24 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।