सोमबार, वैशाख १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाललाई हिन्दु राष्ट्र बनाइछाड्ने बीपीपुत्र शशांकको अठोट

नेपाललाई हिन्दु राष्ट्र बनाइछाड्ने बीपीपुत्र शशांकको अठोट

९० प्रतिशत बढी जनताको धार्मिक आस्थालाई बचाइराख्न पनि नेपाल हिन्दु राष्ट्र हुनैपर्ने नेता कोइरालाको तर्क।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

National life
kumari

काठमाडौं– कांग्रेस नेता एवं सांसद डा. शशांक कोइरालाले जनमत संग्रहमार्फत नेपाललाई हिन्दु राष्ट्र बनाइछाड्ने अठोट व्यक्त गरेका छन्। निर्वाचन क्षेत्र नवलपुरको गैंडाकोट–१० पितौजीमा आयोजित श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञलाई सम्बोधन गर्दै बीपीपुत्रसमेत रहेका नेता डा. कोइरालाले नेपाल हिन्दु राष्ट्र हुनैपर्नेमा जोड दिएका हुन्।

उनले भने, ‘जनमत संग्र्रह गरेरै भए पनि नेपाललाई हिन्दु राष्ट्रमा परिणत गर्नुपर्छ। त्यसका लागि मेरो पहल र प्रयत्न जारी रहन्छ।’ नेता कोइरालाले राजनीति आफ्नो ठाउँमा रहे पनि ९० प्रतिशत बढी जनताको धार्मिक आस्थालाई बचाइराख्न पनि नेपाल हिन्दु राष्ट्र हुनुपर्ने आवश्यकता औंल्याए।

कोइरालाले कोटिहोम आश्रम स्तरोन्नतिका लागि सरकार, दातृ निकाय र भ्रातृ निकायमा पहल गर्ने आश्वासनसमेत दिए। श्रीसिद्धिदात्री दुर्गा मन्दिर कोटिहोम आश्रमको आयोजनामा जारी महायज्ञमा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेलले कथा वाचन गरिरहेका छन्।

प्रकाशित: Feb 12, 2023| 11:42 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।