मंगलबार, असार २३, २०८३

मेस्सी पीएसजीमा आबद्ध, ३० नम्बर जर्सीमा खेल्ने

अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी फ्रेन्च क्लब पीएसजीमा आबद्ध भएका छन्। मेसीले मंगलबार पीएसजीसँग दुई वर्षका लागि सम्झौता गरेका हुन्।
 |  बुधबार, साउन २७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन २७, २०७८

काठमाडौं- अर्जेन्टिनी फुटबल स्टार लियोनेल मेसी फ्रेन्च क्लब पीएसजीमा आबद्ध भएका छन्। मेसीले मंगलबार पीएसजीसँग दुई वर्षका लागि सम्झौता गरेका हुन्। 

ला लिगाको आर्थिक मामिलासम्बन्धी नियमका कारण मेसीले केही दिनअघि मात्रै बार्सिलोना छाडेका थिए। ‘पेरिसमा मेरो करिअरको नयाँ अध्याय सुरु गर्नका लागि म निकै आतुर छु। क्लब र यसको सपना मेरो महत्वाकांक्षासँग मेल खाने खालका छन्,’ मेसीले सम्झौतापछि भने।

पीएसजीका अध्यक्ष नासेर अल खेलैफीले मेसीलाई आफ्नो परिवारमा भित्र्याउन पाउँदा निकै खुसी लागेको बताएका छन्।

१३ वर्षको उमेरमा बार्सिलोनामा आबद्ध भएका मेस्सीले ७७८ खेलमा ६७२ गोल गरेका छन्। उनले ६ पटक बलोन डी ओर अवार्ड पाएका छन् भने क्याटलान क्लबलाई ३५ वटा उपाधि दिलाएका छन्। 

यो सिजनमा पीएसजीमा आबद्ध हुने चौथो खेलाडी हुन्। यसअघि पीएसजीले नेदरल्यान्ड्सका मिडफिल्डर जर्जिनियो विज्नाल्डम, स्पेनका डिफेन्डर सर्जियो रामोस र इटालीका गोलरक्षक जियानलुइगी डोनारुमालाई भित्र्याइसकेको छ।

३४ वर्षे मेस्सीले ३० नम्बरको जर्सी लगाएर खेल्नेछन्। नेयमार र एम्बाप्पेजस्ता खेलाडी भएको पीएसजीमा मेस्सी थपिएपछि खेल थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

प्रकाशित: Aug 11, 2021| 06:58 बुधबार, साउन २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।