सोमबार, वैशाख १४, २०८३

लागूऔषधसहित कैलालीबाट तीन जना पक्राउ

कैलालीमा लागूऔषधसहित तीन जना पक्रउ परेका छन्। जिल्लाको विभिन्न स्थानबाट तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कैलालीका दुई र बझाट्टका एक छन्।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

धनगढी- कैलालीमा लागूऔषधसहित तीन जना पक्रउ परेका छन्। जिल्लाको विभिन्न स्थानबाट तीन जना पक्राउ परेका हुन्। पक्राउ पर्नेमा कैलालीका दुई र बझाट्टका एक छन्। 

National life

बझाङको बुङ्गल नगरपालिका वडा नम्बर २ स्थायी घर भएका कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ गौरीगडा बस्ने ६२ वर्षीय गगने धामीलाई चार किलोग्राम चरेससहित पक्राउ गरिएको हो।

यस्तै जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर १ बाँसबारी स्थित पुष्पराज पुन मगरको घरमा डेरा गरी बस्ने चुरे गाउँपालिका वडा नम्बर ३ बस्ने २३ वर्षीय निर्मला कुमारी रावतलाई ३ ग्राम १६० मिलिग्राम लागु औषध खैरो हेरोइन पक्राउ गरिएको छ। कैलालीकै गोदावरी नगरपालिका वडा नम्बर १ धनगढी रोड बस्ने २४ वर्षीय राजन हमाललाई एक ग्राम ३४० मिलिग्राम लागु औषध खैरो हेरोइनसहित प्रहरीले पक्राउ गरिएको छ।

प्रदेश प्रहरीका अनुसार उनीहरुलाई  प्रदेश प्रहरी कार्यालय धनगढीको आरआईटी समूह र इलाका प्रहरी कार्यालय मालाखेतीको खटिएको सादा पोसाकको समूहले पक्राउ गरेको हो। संयुक्त प्रहरी समूहले पक्राउ गरेको उनीहरुलाई आवस्यक कारबाहीका लागि मालाखेती प्रहरी कार्यालयको हिरासतमा राखिएको छ।

प्रकाशित: Feb 12, 2023| 09:25 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।