सोमबार, वैशाख १४, २०८३

बाराबाट गाँजासहित एक जना पक्राउ

बाराको निजगढमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

बारा- बाराको निजगढमा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

National life

इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जिव ओलीका अनुसार बाराको निजगढ नगरपालिका वडा नम्बर ११ पुर्व टोलस्थित जंगल जाने बाटोबाट प्रहरीले एक जनालाई २ किलोग्राम गाँजासहित नियन्त्रणमा लिएको हो।

अस्थायी प्रहरी पोष्ट रतनपुर बाराका प्रहरी सहायक निरीक्षक धनिकलाल ठाकुर नेतृत्वको गस्ति टोलीले चेकजाँच गर्ने क्रममा गाँजा फेला परेको हो। निजगढ नगरपालिका वडा नम्बर १२ बुङ्जोर बस्ने २३ वर्षीय बिजय गोलेले बोकेको कालो प्लाष्टिकको झोलाबाट २ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार गोलेलाई नियन्त्रणमा लिई थप आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कलैया पठाइएको छ।

प्रकाशित: Feb 12, 2023| 09:00 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।