आइतबार, चैत १५, २०८२

आठौँ राष्ट्रिय खेलकूद मंसिरमा नहुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौ- आगामी मङ्सिरमा हुने तय भएको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सरेको छ। राष्ट्रिय खेलकूद परिषद् (राखेप) को बोर्ड बैठक आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणाका लागि अहिले नुवाकोटको ककनीमा जारी छ। 

आगामी मङ्सिर २१ देखि २९ सम्म मध्यपश्चिममा गर्ने तय भएको आठौँ राष्ट्रिय खेलकूदका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण नसकिएका कारण खेल सार्नुपरेको राखेपका सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिए। 

बोर्ड बैठकले आठौँ राष्ट्रिय खेलकूदको नयाँ मिति तय गर्नुका साथै संशोधनको प्रक्रियामा रहेको राष्ट्रिय खेलकूद विकास ऐन २०४८ बारे छलफल हुने सदस्य सचिव विष्टले जानकारी दिए। 

परिषद्का अध्यक्ष तथा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको उपस्थितिमा बोर्ड बैठक ककनीस्थित स्काउट हलमा जारी रहेको राखेप स्रोतले जनाएको छ । बैठक मङ्गलबारसम्म चल्नेछ। बैठक स्रोतका अनुसार आठौँ राष्ट्रिय खेलकूदको मिति करीब दुई महिना पर सार्ने विषयमा छलफल केन्द्रित छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।