शनिबार, जेठ २, २०८३

विवेकशील साझाको पहिलो महाधिवेशन आज सकिँदै

विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आज सम्पन्न हुँदैछ।
 |  शनिबार, माघ २८, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २८, २०७९

काठमाडौं- विवेकशील साझा पार्टीको प्रथम महाधिवेशन आज सम्पन्न हुँदैछ।

National life

शुक्रबारबाट सुरु भएको प्रथम महाधिवेशन आज सम्पन्न हुन लागेको हो। काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबारबाट सुरू भएको महाधिवेशनको नयाँ नेतृत्वका लागि पार्टीका केन्द्रीय नेता समीक्षा बाँस्कोटा, प्रकाशचन्द परियार र मिलन पाण्डेले आकांक्षा व्यक्त गरेका छन्।

तीनै जनालाई भावी अध्यक्षका लागि महाधिवेशन प्रतिनिधिसँग मत माग्ने कार्य सुरु समेत गरिसकेका छन्। नेता मिलन पाण्डको अनुसार महाधिवेशनपछि विवेकशील बहुपदीय प्रणालीमा जानेछ। 

महाधिवेशनले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षलगायत बहुपदीय संरचना निर्माण गरिनेछ। महाधिवेशनमा देशभरबाट करिब एक हजार जना महाधिवेशन प्रतिनिधि सहभागी छन्।

प्रकाशित: Feb 11, 2023| 07:27 शनिबार, माघ २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...