सोमबार, वैशाख १४, २०८३

खाग तस्करमा संलग्न १५ जना पक्राउ

संरक्षित वन्यजन्तु गैंडा चोरीसिकार गरी अवैध रूपमा गैंडाको खाग (आखेटोपहार) ओसारपसार तथा खरिद बिक्री गर्ने १५ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।
 |  शुक्रबार, माघ २७, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २७, २०७९

काठमाडौं- संरक्षित वन्यजन्तु गैंडा चोरीसिकार गरी अवैध रूपमा गैंडाको खाग (आखेटोपहार) ओसारपसार तथा खरिद बिक्री गर्ने १५ जनालाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ।

National life

विशेष सूचनाका आधारमा वातावरण तथा वन्यजन्तुसँग सम्बन्धित अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धानका लागि पुस १९ मा ब्युरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं–७ सरस्वतीनगर टोलबाट गैंडाको १ थान (तौल ५२२ ग्राम) सहित झापा भद्रपुर नगरपालिका–१० बस्ने ४५ वर्षीय इन्द्रमणि आचार्य र बाँके कोहलपुर नगरपालिका–११ का ४१ वर्षीया जमुनाकुमारी शर्मालाई पक्राउ गरेको थियो। उनीहरू पक्राउ परेपछि अनुसन्धानका क्रममा उक्त आखेटोपहार २० लाखमा बेच्न डिल भएको बयानको आधारमा १३ जना पक्राउ परेको प्रहरीले जनाएको छ।

ब्युरोले अनुसन्धानकै क्रममा माघ १२ मा पाल्पा भुवनपोखरीका ६२ वर्षीय बाबुलाल भट्टराईलाई सीतापाइला चोकबाट, कैलाली मखुरियाका ६१ वर्षीय गजाधर सापकोटालाई गोगंबुबाट र कैलाली घोडाघोडीका ३६ वर्षीय प्रताप चौधरीलाई सीतापाइलाबाट पक्राउ गर्‍यो।

माघ २० मा भोजपुर अरुण गाउँपालिका–२ घर भई चाबहिल बस्ने ४५ वर्षीय डम्बरकुमार आलेमगरलाई लगनखेलबाट, गोरखा पालुङटारका ४७ वर्षीय खानबहादुर रानालाई हात्तीसारबाट, स्याङ्जा पुतलीबजारका ४६ वर्षीय निर्मल शाहीलाई जमलबाट पक्राउ गरेको ब्युरोका प्रवक्ता एसपी सञ्जयसिंह थापाले बताए।

त्यसैगरी, माघ २२ मा स्याङ्जा वालिङ नगरपालिका–८ जैसीपधेंराकी ३८ वर्षीया हरिमाया रानालाई सोही स्थानबाट, माघ २४ मा चितवन भरतपुर महानगर–८ बस्ने ४० वर्षीया सम्झना चेपाङ भन्ने कमला तामाङलाई भरतपुर गौरीगन्ज सल्यानीबाट पक्राउ गरेको हो । प्रहरीले अनुसन्धानकै क्रममा बुधबार (माघ २५) मा थप ५ जनालाई पक्राउ गरेको छ।

kumari

पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका–९ शेरबास बस्ने ३९ वर्षीय राजु भन्ने सोमबहादुर चेपाङलाई सोही स्थानबाट, चितवन इच्छाकामना गाउँपालिका–७ पदमपुरकी ३० वर्षीया तुलसी चेपाङ, ३९ वर्षीय वीरमान वाइबा, चितवन कालिका नगरपालिका–९ शेरबास बस्ने ३० वर्षीय राधाकृष्ण चेपाङ, भरतपुर महानगरपालिका–८ गौरीगन्ज सल्यानी बस्ने ५२ वर्षीय आइतबहादुर तामाङलाई भरतपुर हाकिमचोकबाट पक्राउ गरेको छ। ‘रुट टु रुट’ अप्रेसन सञ्चालन गरेर ब्युरोले प्रहरी टोली परिचालन गरेको जनाएको छ।

प्रकाशित: Feb 10, 2023| 08:45 शुक्रबार, माघ २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।