आइतबार, चैत १५, २०८२

विश्वको सर्वाधिक उचाइ छुमचौरमा खेलमैदान बन्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
जुम्ला- जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने विश्वको सर्वाधिक उचाइ पातारासी गाउँपालिकाको छुमचौरमा खेलमैदान बन्ने भएको छ । दुई हजार ८०० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका-३ छुमचौरस्थित मालिका मावि लोडचौरमा उक्त खेलमैदान बन्ने भएको हो । 

जिल्ला खेलकुद विकास समितिका जुम्लाका प्रमुख कविदत्त न्यौपानेका अनुसार विश्वको अल्लो स्थानमा धान फल्ने गिनिज बुकमा रेकर्ड राखिएको स्थान छुमचौरमा खेलकूद मैदान बनाउँदै छौँ । यस खेलकूद मैदान निर्माणका लागि अहिले मैदान मिलाउने काम भइरहेको छ, उनले भने, सरकारको रु १५ लाख बजेटमा खेलमैदान मिलाइरहेका छौँ, यसको डिपिआर पनि बन्दैछ प्रतिवेदन आउन बाँकी छ । 

कर्णाली प्रदेश खेलकूद गतिविधि, खेदकूद मैदान, रङ्गशाला निर्माणका लागि आवश्यक मापदण्ड र भौगोलिकताको अनुगमनका क्रममा जुम्ला पुगेको युवा तथा खेलकूद मन्त्रालयका सचिव महेश दाहाल नेतृत्वको टोलीले खेलकूद मैदानको हालै सम्भाव्यता अध्ययनको कार्य शुरु गरिएको थियो । 

‘कर्णाली रङ्गशाला’ निर्माणले एकातिर कर्णाली प्रदेशको खेल जगतको पूर्वाधार तयार हुनेछ भने अर्कोतिर कर्णाली क्षेत्रलाई खेलकूद पर्यटनका रूपमा विकास गर्दै लैजान ठूलो अवसर प्राप्त हुने देखिन्छ । यसका लागि सम्बन्धित सबै सरोकारवालाले बेलैमा ध्यान दिन आवश्यक छ । 

मालिका मावि लोडचौरमा हाइअल्टिच्युट टे«डिङ सेन्टरको डिपिआर तयार भएपछि उक्त विद्यालयलाई कहाँ लिने के गर्ने भन्ने निर्णय हुने पातारासी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले बताए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।