आइतबार, जेठ २१, २०८०

बुहारीमाथि करणी गर्ने ससुरा कारागार चलान

बुहारीमाथि जबरजस्ती करणीको आरोपमा पक्राउ परेका ससुरालाई कारागार चलान गरिएको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

बैतडी- बुहारीमाथि जबरजस्ती करणीको आरोपमा पक्राउ परेका ससुरालाई कारागार चलान गरिएको छ।

Everest Bank

जिल्लाको पञ्चेश्वर गाउँपालिकाका ५२ वर्षीय पुरुषलाई जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरीले जनाएको हो।

आफ्नै बुहारीमाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले उनलाई गएको पौष २८ गते पक्राउ परेको थियो।

पीडितले दिएको जाहेरीको आधारमा उनलाई पक्राउ गरेको र जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेको प्रहरीले आफ्नो अनुसन्धान सकाएर सरकारी वकिल कार्यालय मार्फत अदालतमा पेस गरेको थियो।

प्रकाशित: Feb 07, 2023| 12:51. 55 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्