आइतबार, कात्तिक २, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद, ५०/५० हजार जरिवाना

सासू कुट्ने दुई बुहारीलाई तीन महिना कैद, ५०/५० हजार जरिवाना

अछाम जिल्ला अदालतले ५३ वर्षीया सासू कुटपिट घटनामा संलग्न दुई बुहारीलाई तीन महिना कैद फैसला सुनाएको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

काठमाडौं- अछाम जिल्ला अदालतले ५३ वर्षीया सासू कुटपिट घटनामा संलग्न दुई बुहारीलाई तीन महिना कैद फैसला सुनाएको छ। पञ्चदेवल विनायक नगरपालिका-६ तोलीका धर्मा न्यौपाने र देवीसरा न्यौपानेलाई कैद र क्षतिपूर्तिको फैसला सुनाइएको हो।

Kumaribank

अदालतका स्रेस्तेदार शङ्करप्रसाद खनालका अनुसार पीडित जयसरा न्यौपानेलाई अपमान तथा अमानवीय व्यवहार गरेको भन्दै दुवै बुहारीलाई ५०/५० हजार रुपियाँ क्षतिपूर्तिको फैसलासमेत भएको छ।

भदौ ८ गते दुई बुहारीले जयसरालाई कुटपिट गरिरहेको भिडियो पीडितका नातिले फेसबुकमा हालेपछि सोही आधारमा प्रहरीले अभियुक्तलाई पक्राउ गरेको थियो। अछाम प्रहरीले भदौ २० गते अपमान तथा अमानवीय व्यवहारमा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। अछाम जिल्ला अदालतले दुवै जनालाई जनही ५० हजार रुपियाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।

पीडित जयसरालाई कुटपिट गरिरहेको भिडियो खिचेर फेसबुकमा हाल्ने पीडितका नाति ११ वर्षीय दीपेन्द्र न्यौपानेलाई भदौ १० गते जिल्ला प्रहरी कार्यालयले सम्मानित गरेको थियो।

प्रकाशित: Feb 07, 2023| 11:09 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।