मंगलबार, चैत १४, २०७९

सलमान र शाहरुखलाई सँगै देखाउन कैयौंपटक पुनर्लेखन गरिएको थियो 'पठान'

फिल्ममा अभिनेता सलमान खानको प्रवेशले दर्शकलाई उत्तिकै ‘मजाको डोज’ दिइरहेको छ।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- बक्स अफिसमा सानदार कमाइ गरिरहेको सिद्धार्थ आनन्द निर्देशित र शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्म ‘पठान’प्रति दर्शकको क्रेज उस्तै छ।

National life insurance

फिल्ममा अभिनेता सलमान खानको प्रवेशले दर्शकलाई उत्तिकै ‘मजाको डोज’ दिइरहेको छ। तर, सायद कमैलाई थाहा होला, फिल्ममा सलमान र शाहरुखलाई सँगै देखाउन फिल्मका लेखक अब्बास टायरवालाले कैयौंपटक स्क्रिप्ट पुनर्लेखन गर्नुपरेको थियो।

फिल्ममा सलमानले पठानलाई बचाउनका लागि टाइगरका रुपमा केमियो गरेका छन्। दुवैको एक्सन दृश्यका अलावा दुवैको संवादले भावना बोलेको छ। लेखक टायरवालाले हालैमात्र स्क्रिप्ट लेखनका विषयमा कुरा खुलाएका हुन् ।

‘जब शाहरुख र सलमान पठान र टाइगरका रुपमा स्क्रिनमा देखिन्छन्, त्यसलाई सन्तुलन गर्न त्यति सजिलो थिएन। दर्शकलाई मनोरञ्जन दिनु थियो र पठान र टाइगरलाई बिर्सिएलान् भन्ने डर पनि थियो। त्यसकारण स्क्रिप्टमा सन्तुलन राख्नुपर्ने चुनौती थियो,' उनले भने।

उनले फिल्म ‘पठान’ शाहरुखको फिल्म रहेको कुरालाई पनि सम्झनुपर्ने जिम्मेवारी उत्तिकै रहेको बताएका छन्। उनले भने, ‘किनकी फिल्ममा टाइगरको प्रवेश गराउनैपर्छ, जसकारण सबैको ध्यान सलमानतिर जान नदिन उत्तिकै चुनौती थियो। तर सलमानलाई शाहरुखको फिल्ममा विशेष प्रवेश गर्नका लागि केही हुनैपर्छ, जुन हेर्दा दर्शक रोमाञ्चित हुन्।' टायरवालाले यही सन्तुलन बनाउनका लागि दुवैको दृश्यलाई कैयौंपटक पुनर्लेखन गरिएको बताए।

worldlink

प्रकाशित: Feb 05, 2023| 07:05. 00 आइतबार, माघ २२, २०७९

थप समाचार

तीन सातामा सात चलचित्र भिड्दै, कसले मार्ला बाजी?

दुई साता खाली रहे पनि बाँकी तीन सातामा भने सात चलचित्र प्रदर्शन हुँदै छन्। वैशाखलाई लक्षित गर्दै निर्माताले वितरकसँग सल्लाह गरेर चलचित्र प्रदर्शन तय गरेका...

प्रेमीदेखि पितासम्मको पात्रमा जमेका विपिन

‘लूट’, ‘छड्के’, ‘पशुपति प्रसाद’, ‘नाका’, ‘हरि’लगायत चलचित्रमा निर्वाह गरेका चरित्रले पहिचान स्थापित भए तापनि अभिनेता कार्कीलाई ‘जात्रा’पश्चात् दर्शकले चिनेका हुन्।