सोमबार, साउन ४, २०८३

विश्वकप टी-ट्वान्टी छनोटका लागि नेपाली टोलीको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-आइसीसी विश्वकप ट्वान्टी ट्वान्टी छनोट अन्र्तगत एसिया छनोटका लागि नेपालले १४ सदस्यीय टोलीको घोषणा गरेको छ । सोमबारबाट मलेसियामा आयोजना हुने प्रतियोगिताका लागि तीन सदस्यीय खेलाडी छनोट समितिले आइतबार पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
 
ट्वान्टी ट्वान्टी छनोटका लागि टोलीमा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, अनिल कुमार साह, बसन्त रेग्मी, विनोद भन्डारी, दीपेन्द्रसिंह ऐरी, दीपेश श्रेष्ठ, करण केसी, ललित भन्डारी, ललित नारायण राजवंशी, मोहम्मद आरिफ शेख, प्रदीप ऐरी, शरद भेषवाकर, सोमपाल कामी र सन्दीप लामिछाने रहेका छन् । त्यस्तै रिजर्भ खेलाडीमा सागर पुन, सुनिल धमला, दिपेस श्रेष्ठ र शाहव आलम रहेका छन् । 

नेपाली राष्ट्रिय टोली सोमबारनै मलेसियातर्फ प्रस्थान गर्ने छ । समुह ‘बि’ मा नेपाल सहित मलेसिया, भुटान, म्यान्मार, चीन, सिंगापुर, र थाईल्याण्ड रहेका छन् । यस उपक्षेत्रबाट शिर्ष ३ टोली एसियाली क्षेत्रिय छनौट प्रतियोगिताकालागि अगाडी बढ्नेछन् । 

एसियाली क्षेत्रिय छनौट प्रतियोगिताकालागि यसअघिनै एसिया ‘ए’ उप-क्षेत्रबाट (पश्चिमी) युएई, कुवेत र कतार छनौट भैसकेका छन् । पूर्वी र पश्चिमी क्षेत्रको छनौटबाट छानिएका ३ र ३ देशले क्षेत्रीय छनौट प्रतियोगिता खेल्नेछन् । 

उत्कृष्ट २ टिमले सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने सातौँ संस्करणको ट्वान्टी-२० विश्वकपको ग्लोबल छनौट खेल्नेछन् । ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका टिम र बिभिन्न क्षेत्रबाट उत्कृष्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन् । 

नेपालको खेल तालिका

पहिलो खेल - भर्सेस म्यान्मार, अक्टोबर ३
दोस्रो खेल - भर्सेस मलेसिया, अक्टोबर ६
तेस्रो खेल - भर्सेस थाइल्याण्ड, अक्टोबर ७
चौथो खेल - भर्सेस भुटान, अक्टोबर ९
पाँचौ खेल - भर्सेस चाइना, अक्टोबर १०
छैठौं खेल - भर्सेस सिंगापुर, अक्टोबर १२
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।