बिहीबार, भदौ १२, २०८२

म जहिले पनि घेराबन्दीमा पर्छु: रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू जहिले पनि घेराबन्दीमा पर्ने गरेको बताएका छन्।
 |  आइतबार, माघ २२, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

vianetvianet

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू जहिले पनि घेराबन्दीमा पर्ने गरेको बताएका छन्। 

Kumaribank

आज पत्रकार सम्मेलन आयोजना गरेका लामिछानेले भने–

म प्रायः घेराबन्दीबाट निस्किने प्रयास गर्छु। नेपाल टेलिभिजनमा कार्यक्रम चलाएको थिएँ। जीएम भएर गएको मान्छे डीजीएमबाट घटुवा भएर समेत आएर मात्रै मेरो कार्यक्रम बन्द गरेर जानुभयो २२ वर्षअघि। त्यसपछि मलाई चित्त दुख्यो। राम्रो गर्दागर्दै घेराबन्दीमा परेको थिएँ। अमेरिका गएँ थप केही गर्छु भनेर। त्यहाँ गएर राम्रै काम गरेर आएको हुँ। आज पनि तपाईंको साथ र सहयोगले हामी स्थापित छौं भन्दै आएका छन्। मन्त्री भएर मात्रै होइन जहाँ भए पनि सद्भाव राख्ने मान्छे हुँ।

नेपाल फर्किएपछि मान्छेले बिर्सिए होलान् भनेर विश्व रेकर्ड राख्ने तयारी गरेँ। त्यतिन्जेल म नेपाल आवातजावत गरिरहेको थिएँ मैले पासपोर्ट र नागरिकता लिएको थिएन। त्यसपछि वर्ल्ड रेकर्ड राखेपछि म देशमा स्थापित हुन्छु राम्रो हुन्छ होला भनेर वर्ल्ड रेकर्ड राखेर फर्किएँ। संसारभरका मिडियाको साथ पाएँ। आफ्नो देशको मिडियाले कन्जुसाइँ गर्‍यो। हो कि होइन जसरी हेडलाइन राख्दिए। यसअघि अदुवा खाएर लसुन खाएर वर्ल्ड रेकर्ड राखेकोलाई ठूलो साथ दिएको देखेको थिएँ। त्यही पनि ठीकै छ यहीँ केही गर्नुपर्छ भनेर सोचेँ।’

प्रकाशित: Feb 05, 2023| 16:25 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...