आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओलीको प्रस्ताव- समृद्धिका लागि राजनीतिक स्थायित्वको नयाँ युगमा प्रवेश गरौं

ओलीको प्रस्ताव- समृद्धिका लागि राजनीतिक स्थायित्वको नयाँ युगमा प्रवेश गरौं

प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै ओलीले अस्थिरताको राजनीतिक प्रहार निरन्तर बेहोर्नु परिरहेको बताए।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन परिपक्व सहकार्यका साथ अगाडि बढिरहेको रहेको बताएका छन्।

National life

प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै ओलीले अस्थिरताको राजनीतिक प्रहार निरन्तर बेहोर्नु परिरहेको बताए। उनले राजनीतिक स्थायीत्व अपेक्षा गरि जारी गरिएको संविधान घोषणा भएको सात वर्षमा सात प्रधानमन्त्री फेरिनु दुखद भएको बताए।

अविश्वास, डर र विभिन्न खालका अनूचित साटगाठले यो अवस्था सिर्जना भएको ओलीको धारणा छ। 'अब आत्मविश्वास र निडरताका साथ नेपाल र नेपालीको समृद्धिका लागि मुलुकलाई राजनीतिक स्थायीत्वको नयाँ युगमा प्रवेश गरौं। म सबै राजनीतिक दलमा आवद्ध साथिहरूलाई आग्रह गर्न चाहन्छु,' उनले भने।

लोकतन्त्र, स्वतन्त्रता र विकासलगायतका सवालमा सबै दल एकै ठाउँमा उभिनु पर्ने उनको भनाइ छ।


प्रकाशित: Feb 05, 2023| 14:15 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...