आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रियसभा उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता, कांग्रेसको पनि समर्थन

राष्ट्रियसभा उपाध्यक्षमा अर्यालको उम्मेदवारी दर्ता, कांग्रेसको पनि समर्थन

आइतबार बानेश्वरस्थित संसद भवनको ल्होसे हलमा पुगेर माओवादी केन्द्रकी उम्मेदवार अर्यालले उम्मेदवारी दर्ता गराएकी हुन्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं- राष्ट्रियसभा उपाध्यक्षमा सत्ता गठबन्धनबाट उर्मिला अर्यालले उम्मेवारी दर्ता गराएकी छन्। आइतबार बानेश्वरस्थित संसद भवनको ल्होसे हलमा पुगेर माओवादी केन्द्रकी उम्मेदवार अर्यालले उम्मेदवारी दर्ता गराएकी हुन्।

National life

माओवादी केन्द्रको शनिबार बसेको स्थायी कमिटी बैठकले अर्याललाई राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

राष्ट्रियसभा अध्यक्षमा एमालेबाट गणेशप्रसाद तिमिल्सना छन्। गठबन्धनबाट माओवादी केन्द्रकी अर्यालले उम्मेदवारी दिएकी हुन्। राष्ट्रियसभामा अध्यक्ष र उपाध्यक्ष फरक फरक पार्टीको हुनुपर्ने कानुनी व्यवस्था छ।

राष्ट्रियसभामा हाल ५८ जना सांसद छन्। राष्ट्रियसभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएको छ।

उपाध्यको निर्वाचनका लागि आज दिउँसो १ बजेदेखि ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन भोलि हुँदैछ।

प्रकाशित: Feb 05, 2023| 13:58 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...