आइतबार, जेठ ३, २०८३

किसानलाई मल दिन नसक्ने सरकार के गरेर बसिरहेको छ : सांसद तिमल्सिना

आज प्रतिनिधि सभा बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै सांसद तिमल्सिनाले सरकारले सधैँ समयमै किसानलाई मलको व्यवस्था गर्न नसक्नु चिन्ताको विषय भएको बताएका हुन्।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

National life

काठमाडौं- नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमल्सिनाले किसानलाई समयमा मल दिन नसकेर सरकारले के गर्दै बसिरहेको छ भन्दै प्रश्न गरेका छन्। 

आज प्रतिनिधि सभा बैठकको शून्य समयमा आफ्नो धारणा राख्दै सांसद तिमल्सिनाले सरकारले सधैँ समयमै किसानलाई मलको व्यवस्था गर्न नसक्नु चिन्ताको विषय भएको बताएका हुन्।

‘धेरै पटक सदनमा कुरा उठाइयो। कुरा उठाउँदा पनि कार्यन्वयन भएका हुँदैन। मलखाद नपाएर किसान समस्यामा छन्। मलखाद ७ लाख मेट्रिक टन आवश्यक पर्छ तर सरकारले ३ लाख मेट्रिक टन मात्र किन्छ। सरकारहरू परिवर्तन भए तर किसानलाई मलखाद किनेर दिन नसक्ने सरकारले के गर्न सक्छ भन्ने प्रश्न छ?,’ उनले भने। उनले यस विषयमा सभामुखलाई रुलिङ गर्न मागसमेत गरेका छन्।

प्रकाशित: Feb 05, 2023| 13:54 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...