सोमबार, वैशाख ७, २०८३

पाठशालामा 'टुभेल्थ नाइट'को मञ्चन

प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक 'टुभेल्थ नाइट' काठमाडौंमा मञ्चन गरिएको छ।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

काठमाडौं-  प्रसिद्ध साहित्यकार विलियम सेक्सपियरद्वारा लिखित नाटक 'टुभेल्थ नाइट' काठमाडौंमा मञ्चन गरिएको छ। 

National life

करिब १ घण्टा १० मिनेट लामो उक्त नाटक पाठशाला नेपालको प्रस्तुतीमा थापा गाउँस्थित पाठशाला स्कुलको थियटरमा प्रस्तुत गरिएको हो। 

नाटकलाई ओजस्वी भट्टराई र सौरभ न्यौपानेले गरेका हुन्। अंग्रेजी र नेपाली दुवै भाषामा संवादको समिश्रण रहेको नाटकमा छ। नाटकको केही अंशको नेपालीकरण पनि नाट्यनिर्देशक भट्टराईले नै गरेकी हुन्। 

असल पुडासैनी, समिरन चालिसे, सदीक्षा भण्डारी, दर्शना नेपाल, सौर्य नरसिंह थापालगायतका २२ जना कलाकारले नाटकमा अभिनय गरेका छन्।  ती कलाकारहरू पाठशाला नेपालका कक्षा ८ र ९ का विद्यार्थी हुन्।  काल्पनिकता र हाँसोले भरिएको नाटकमा त्रिकोणात्मक प्रेम प्रसंगलाई नाटकमा देखाइएको छ। 

सेक्सपियरले १६ औ शताब्दीमा यो नाटक लेखेका हुन्। प्रेम एकातिर र विवाह अर्कोतिर भएर समापन हुने यस नाटकमा भ्रम र यथार्थको समिश्रणले एकापसको आकर्षणको साङ्लो चुडिँएको देखाइएको छ। 

kumari

यो नाटक गत माघ १३ र १४ गते नेपाल प्रज्ञाप्रतिष्ठानमा आयोजित पाठशाला साँझमा पनि देखाइएको थियो। निर्देशकको मिहिनेत र कलाकारको प्रस्तुतीलाई दर्शकले रुची राखेकोले शनिबार पनि एक शो देखाइएको आयोजकले जनाएको छ।

प्रकाशित: Feb 05, 2023| 13:35 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्