सोमबार, मंसिर १, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण

कैलाली र कञ्चनपुरका बङ्गुर फार्ममा बङ्गुर, सुँगुर र बँदेलमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिन थालेको छ।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

धनगढी- कैलाली र कञ्चनपुरका बङ्गुर फार्ममा बङ्गुर, सुँगुर र बँदेलमा अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिन थालेको छ। गत कात्तिकमा कैलालीको भजनीमा देखा परेको संक्रमण अहिले धनगढी उपमहानगरपालिका-१३, गौरीगङ्गा, कैलारी गाउँपालिकामा र कञ्चनपुरको वेदकोट तथा कृष्णपुर नगरपालिकामा देखा परेको हो।

National life

अफ्रिकन स्वाइन फिभर गत मंगलबार धनगढी उपमहानगरपालिका वडा नम्बर १३ श्रीलङ्काको एक बङ्गुर फार्ममा फैलिएको पुष्टि भएको छ। यसैगरी कैलालीको गौरीगङ्गा नगरपालिका र कञ्चनपुरको कृष्णपुर र वेदकोट नगरपालिकामा रहेका बङ्गुर फार्ममा पनि संक्रमण फैलिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीका प्रमुख डाक्टर हेमराज अवस्थीले बताए।

कात्तिकमा अफ्रिकन स्वाइन फिभर रोगका कारण भजनीको एकै फार्मका ४ सय बढी बंगुर मरेका थिए। अफ्रिकन स्वाइन फिभर रोग लागेमा सुँगुर र बंगुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निलडामहरू देखिने, कानका टुप्पाहरूमा रगत जमेका धब्बा देखिने र नाकबाट फिंज आउनेजस्ता लक्षणहरू देखा पर्ने हुन्छ। 

बंगुर, सुँगुर र बंदेलहरू अफ्रिकन स्वाइन फिभरका कारण झोक्राउने र दाना–पानी खान छोड्ने, ज्वरो १०४ डिग्री फरेनहाइट् भन्दामाथि आउने, श्वास फेर्न गाह्रो हुने, दिसामा रगत देखिने र एकै पटकमा सबै बंगुर, सुँगुर र बँदेल मर्न सक्ने हुन्छन्। यो रोगको औषधि र खोप पत्ता नलागेकाले किसानले जैविक सुरक्षा विधि अपनाएर आफ्नो खोरमा पालिएका बङ्गुरलाई संक्रमण हुनबाट जोगाउनु पर्ने पशुपन्छि रोग अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए।

अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिन नदिन फार्मलाई निर्मलीकरण गर्न पशु चिकित्सकले सुझाव दिएका छन्। खोरमा संक्रमण फैलिए सबै बङ्गुर मर्ने हुँदा जैविक सुरक्षा विधि अपनाएर खोर सुरक्षित राख्न पशु चिकित्सकले सुझाव दिएका छन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 05, 2023| 11:52 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।