बिहीबार, असार ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • कार्बन उत्सर्जन घटाएबापत नेपालले पायो १ अर्ब १९ करोड

कार्बन उत्सर्जन घटाएबापत नेपालले पायो १ अर्ब १९ करोड

 |  आइतबार, कात्तिक ३०, २०८२

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ३०, २०८२
National life
Shivam cement

काठमाडौं- तराई आर्क क्षेत्रअन्तर्गतको ‘आरइडिडीप्लस’ उत्सर्जन कटौती कार्यक्रममार्फत करिब १८ लाख ८८ हजार टन कार्बन डाइअक्साइड उत्सर्जन घटाउन सफल भएपछि मुलुकले विश्वव्यापी वन कार्बन साझेदारी कोषबाट रु एक अर्ब १९ करोड प्राप्त  प्राप्त गरेको छ।

यो रकम कोषअन्तर्गतको इमिसन रिडक्सन पेमेन्ट एग्रिमेन्ट (इआरपिए)अनुसार नेपालले पाएको यो पहिलो भुक्तानी हो। यसले वन विनाश रोक्ने, समावेशी  तथा दिगो वन व्यवस्थापन प्रवद्र्धन गर्ने नेपालका प्रयास मुखरित भएको विश्व बैंकले आज एक विज्ञप्ति निकालेर जनाएको छ। 

बैंकले यो उपलब्धिबाट नेपालले वन विनाश रोक्न, जैविक विविधता संरक्षण बढाउन र स्थानीय समुदायका लागि दिगो जीविकोपार्जनका अवसर विस्तार बल पुग्ने विश्वास व्यक्त गरेको छ। 
वन तथा वातावरण मन्त्रालयका सचिव  राजेन्द्रप्रसाद मिश्रले प्राप्त रकमले वनमा निर्भर समुदाय, आदिवासी जनजाति तथा सरकारको संयुक्त प्रतिबद्धतालाई प्रमाणित गरेको बताए। 

प्रकाशित: Nov 16, 2025| 12:40 आइतबार, कात्तिक ३०, २०८२
प्रतिक्रिया दिनुहोस्