शुक्रबार, फागुन २९, २०८२

क्यान्सर रोगसम्बन्धी जानकारी

यसको उग्र र अस्वाभाविक वृद्धिका कारण यस ट्युमरलाई क्यान्सर भनिएको हो।
 |  आइतबार, माघ २२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २२, २०७९

शरीरको कोष वा कोषिकाहरुको समूहको अस्वाभाविक वृद्धि नै क्यान्सर रोग हो, जसलाई एक किसिमको गिर्खा वा ट्युमर पनि भनिन्छ।

National life

ट्युमरका किसिमहरु के हुन्?

घातक प्रवृत्ति

यो घातक प्रवृत्तिको ट्युमर हो। यसको उग्र र अस्वाभाविक वृद्धिका कारण यस ट्युमरलाई क्यान्सर भनिएको हो। यो ट्युमर शरीरको अन्य भागमा पनि फैलिएर जान्छ।

नम्र प्रवृत्ति

Laxmi sunrise bank
kumari

नम्र प्रवृत्तिको यो ट्युमरले कुनै पनि हानि गर्दैन र शरीरका अन्य  भागमा पनि फैलिँदैन।

क्यान्सरका कारक तत्वहरु केके हुन्?

अत्यधिक मद्यपान र सुर्तीजन्य पदार्थको सेवन

अस्वस्थ आहार

वंशाणुगत कारण

विकिरणको असर

जिवाणुका कारण

वातावरणीय प्रदूषण

क्यान्सर नियन्त्रणका उपायहरु के हुन्?

धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने

मद्यपान नगर्ने

सन्तुलित र स्वस्थ भोजन खाने

शारीरिक कसरत तथा व्यायाम गर्ने

हरेक वर्ष आफ्नो स्वास्थ्यको नियमित परीक्षण गराउने

महिलाले आफ्नो स्तन तथा पाठेघरको मुखको परीक्षण चिकित्सकको सल्लाहअनुसार नियमित गराउने

स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

प्रकाशित: Feb 05, 2023| 07:00 आइतबार, माघ २२, २०७९
प्रतिक्रिया दिनुहोस्