मंगलबार, चैत १४, २०७९
  • गृहपृष्ठ
  • राजनीति
  • रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

रास्वपालाई गृह मन्त्रालय फिर्ता दिने प्रधानमन्त्री प्रचण्डको संकेत

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

National life insurance
worldlink

काठमाडौं– सात दलीय गठबन्धनमा राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेको गृह मन्त्रालय आफैंले राख्ने नेकपा माओवादी केन्द्र र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकार ढल्न नदिन अन्ततः रवि लामिछानेलाई गृहमन्त्री सुम्पिन तयार भएको संकेत देखिएको छ।

शनिबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले रास्वपाले उठाएको विषय समाधान हुने बताएर गृह मन्त्रालय फिर्ता दिने संकेत गरेका हुन्। प्रधानमन्त्री प्रचण्डले रास्वपाले शुक्रबार दिएको दुई दिने अल्टिमेटमबारेको प्रश्नमा भने, ‘यहाँबाट हिँडेपछि अहिले नै मेरो रविजीसँग कुरा हुँदै छ। समस्या समाधान हुन्छ।’ 

शुक्रबार बसेको रास्वपा बैठकले दुई दिनभित्र गृह मन्त्रालय नसुम्पिए सरकारबाट बाहिरिने चेतावनी दिएको थियो। प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालयका कारण सत्ता गठबन्धनमा उत्पन्न विवाद समाधान हुने बताएर रास्वपालाई सात दलभित्रै राख्न खोजिएको संकेत गरेका छन्।

प्रकाशित: Feb 04, 2023| 05:00. 56 शनिबार, माघ २१, २०७९

थप समाचार

कोसी नामकरणको विरोधमा तनावग्रस्त बन्यो विराटनगर

प्रदेशको नाम कोसी बदलेर जातीय पहिचान झल्किने नाम राख्नुपर्ने मागसहित विरोधमा उत्रिएका पहिचानवादी समर्थकले ढुंगा हानेपछि प्रहरीले अश्रुग्यास र लाठीचार्ज गरेको हो। 

एमाले पेलाइमा थकित भए भीम रावल

एमालेभित्र विधि र पद्धतिको कुरा उठाउँदा थिचोमिचो र घचेटाइमा पार्ने क्रम नरोकिएपछि नेता रावलले सुनाए नयाँ विकल्पको बाटो।

नयाँदिल्ली पुगिन् देउवा पत्नी आरजु 

कांग्रेस प्रचण्डको सरकारमा सत्तारुढ हुने अन्तिम तयारी भइरहेका बेला देउवा पत्नी आरजुले नयाँदिल्ली यात्रा गरेकी हुन्।

नेकपा एसका शीर्ष नेताहरू मन्त्रालय भागबन्डाको गाँठो फुकाउन बालुवाटार पुगे

नेकपा एसले केन्द्रमा तीन र सात प्रदेशमध्ये एउटामा मुख्यमन्त्री पाउनुपर्ने दाबी गर्दै आएको छ।