काठमाडौं-पल्सर सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सिएमजी संकटाले सरस्वती युथ क्लबलाई पराजित गरेको छ । आईतबार भएको खेलमा संकटाले सरस्वतीलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
संकटाका लागी एक मात्र निर्णायक गोल लक्ष्मण रुचालले गरेका थिए । उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै संकटालाई महत्त्वपूर्ण तिन अंक दिलाए । निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो ।
दोस्रो हाफमा थपिएको अतिरित्त समयमा गोल गर्दै संकटाले महत्वपुर्ण ३ अंक हात पार्यो । निकैनै रोमान्चक बनेको खेलमा सरस्वती अन्तिम समयमा संकटासँग अंक गुमाउन पुगेको हो ।
यससँगै पल्सर सहिद स्मारक ए डिभिजन लिग अनिश्चितकालका लागी स्थगित भएको छ । बंगलादेशमा १५ असोजदेखि शुरु हुने बंगबन्धु गोल्ड कपका कारण लिग अर्को सुचना नआउन्जेल सम्मका लागी स्थगित भएको हो ।
नेपाली टोलि आइतबार नै बंगबन्धु गोल्ड कपमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४