शुक्रबार, फागुन २९, २०८२

माछापुच्छ्रे बैंकका ग्राहकलाई फ्रन्टलाइन अस्पतालमा छुट

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पताल मार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिदाँ बढिमा १३% सम्म छुट पाउनेछन्।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं- माछापुच्छ्रे बैंक र फ्रन्टलाईन अस्पतालबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले फ्रन्टलाईन अस्पताल मार्फत स्वास्थ्य सम्बन्धी सुविधा लिदाँ बढिमा १३% सम्म छुट पाउनेछन्।

National life

जस अन्तर्गत फ्रन्टलाईन अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवाहरु ओ.पि.डि, वेड तथा सर्जरी, ल्याब, लगायतका अन्य सेवाहरुको शुल्कमा न्युनतम ५% देखि बढीमा १३% सम्म छुट प्राप्त गर्नेछन्।

सो संस्थाले हाल पुरानो बानेश्वर, काठमाण्डौबाट सेवा प्रदान गर्दै आई रहेको छ। बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेरडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्।

माछापुच्छ्रे बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ।

यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई सुविधा लगायत व्यापार व्यवसाय तथा पर्यटन प्रवद्र्वनमा सघाउ पुग्दै आइरहेको छ।

Laxmi sunrise bank
kumari

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ११ एक्सटेन्सन काउन्टर, १५७ शाखारहित बैंकिङ्ग सेवा, २०६ एटिएम मार्फत १३ लाख भन्दा बढी ग्राहक महानुभावहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।


प्रकाशित: Feb 04, 2023| 22:30 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्