सोमबार, माघ १२, २०८२

फ्यानको मायाले रोइन् ‘पठान’की दीपिका

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं- शाहरुख खान र दीपिका पादुकोण अभिनीत फिल्म ‘पठान’ ले बक्स अफिसमा कमाल देखाउने क्रम जारी छ। रिलिजको समयदेखि नै फिल्मले राम्रो कमाइ गरिरहेको छ।

फिल्म सफल भएपछि निर्माता तथा कलाकार उत्साहित छन्। यसैबीच अभिनेत्री दीपिका भने एक कार्यक्रममा रोएकी छिन्। फिल्म सफलताको उत्सव मनाउन मुम्बईको एक होटलमा आयोजित कार्यक्रममा फ्यानको माया देखेर उनी रोएकी हुन्। कार्यक्रममा उनले सम्पूर्ण फ्यानलाई धन्यवाद दिँदै फिल्म सफलताले अभिनेत्रीलाई फाइदा हुने बताइन्।

दीपिकाको ५ वर्षपछि फिल्म हिट भएको हो। यस अगाडि उनको ‘पद्मावत’ हिट भएको थियो। चार वर्षपछि अभिनयमा फर्केका शाहरुख खानको पनि चर्चा उतिकै छ। हिन्दी फिल्मको इतिहासमा ओपनिङ विकेन्डमा सर्वाधिक कमाउने फिल्म समेत बनेको छ पठान। सिद्धार्थ आनन्दद्वारा निर्देशित ‘पठान’ले ‘केजीएफ: च्याप्टर २’ र ‘बाहुबली २’को कीर्तिमानमात्रै तोड्न सकेको छैन।


प्रकाशित: Feb 04, 2023| 19:00 शनिबार, माघ २१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।