शनिबार, चैत ११, २०७९
  • गृहपृष्ठ
  • राजनीति
  • निरन्तर संघर्षको परिणाम नागरिकका अधिकार स्थापित : प्रधानमन्त्री प्रचण्ड

निरन्तर संघर्षको परिणाम नागरिकका अधिकार स्थापित : प्रधानमन्त्री प्रचण्ड

धेरै ठूलो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि रक्षा गर्नु नागरिकको कर्तव्य हुने प्रधानमन्त्री प्रचण्डको धारणा।
 |  शनिबार, माघ २१, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ २१, २०७९

काठमाडौं– नेपालको राजनीतिक परिवर्तन र नागरिकका अधिकार ठूलो संघर्ष र बलिदानीकै कारण प्राप्त हुन सकेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन्। शनिबार आदिवासी जनजाति आयोगले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको वार्षिकोत्सव तथा आदिवासी जनजाति अध्ययन पुस्तक लोकार्पण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।

National life insurance

प्रधानमन्त्री प्रचण्डले भने, ‘हामीले संविधानसभाबाट नयाँ संविधान बनाउने क्रममा विभिन्न संवैधानिक आयोगबारे गम्भीर रूपमा छलफल गरेकै कारण आदिवासी, महिला, दलित, मुस्लिमलगायतका आयोग बनेका हुन्। यो सानो संघर्ष र बलिदानीबाट प्राप्त भएको होइन।’

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक मुलुक भएकाले सबै वर्ग, जाति र समुदायलाई समान अवसर र प्रतिनिधित्व गराएर मात्र आन्तरिक राष्ट्रियता बलियो बनाउन सकिने प्रधानमन्त्री प्रचण्डको धारणा छ।

‘महिला राष्ट्रपति, महिला प्रधानन्यायाधीश, महिला सभामुख हुनुमा मलाई गर्व छ। यो अधिकार हाम्रै संघर्षकै परिणाम हो। एकीकृत र केन्द्रीकृत राज्यले अपमान र विभेदमा पारिएका समुदायको पक्षमा सधैं लड्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने

धेरै ठूलो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धि रक्षा गर्नु नागरिकको कर्तव्य हुने उनले औंल्याए। ‘उत्पीडितको एकताले मात्र देशको मात्र रक्षा गर्न सकिन्छ। जनताको अधिकारको पनि रक्षा गर्न सकिन्छ। तसर्थ, उपलब्धिको रक्षाका निम्ति राष्ट्रिय सहमति र एकता जरुरी छ’, उनले भने।

worldlink

प्रकाशित: Feb 04, 2023| 03:25. 13 शनिबार, माघ २१, २०७९