बिहीबार, वैशाख २७, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • तरकारी फ्याँक्ने किसानलाई रविको सन्देश– दर्दनाक अवस्था अन्त्य गर्न लागिपर्छौं

तरकारी फ्याँक्ने किसानलाई रविको सन्देश– दर्दनाक अवस्था अन्त्य गर्न लागिपर्छौं

फेसबुकमा किसान आन्दोलनको तस्बिरसहित स्टाटस लेख्दै उनले आफूहरुलाई समस्या थाहा भएको र समाधान खोज्ने बताएका छन्। उनले चितवनबासीलाई केही दिनमा भेट्न आउने पनि उल्लेख गरेका छन्।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले किसानको उत्पादन मूल्यहीन बनेर सडकमा फाल्नुपर्ने अवस्थाको अन्त्य गर्न आफू लागिपर्ने बताएका छन्। चितवनका किसानले तरकारी सडकमा फ्याँकेको समाचार र तस्बिर सार्वजनिक भएपछि उनले सामाजिक सञ्जालमा यस्तो भनेका हुन्। 

triton college

फेसबुकमा किसान आन्दोलनको तस्बिरसहित स्टाटस लेख्दै उनले आफूहरुलाई समस्या थाहा भएको र समाधान खोज्ने बताएका छन्। उनले चितवनबासीलाई केही दिनमा भेट्न आउने पनि उल्लेख गरेका छन्।

‘प्रतिकेजी ५ रुपैयाँमा पनि बिक्री नभएपछि सडकमै तरकारी फाल्नुपर्ने बाध्यतामा छन् देशका किसान। देशका किसानले उत्पादन गरेको तरकारीको मूल्य छैन, बजार छैन। किसानले सुनौलो भविष्यको सपना बुन्दै उत्पादन गरेको तरकारी मूल्यहीन बनेर सडकमा फाल्नुपर्ने यो दर्दनाक अवस्थाको अन्त्य गर्न लागिपर्ने छौं,’ लामिछानेले लेखेका छन्।

उनले चितवनबासीसँग पुनः भेट हुने उल्लेख गरेका छन्। चितवन-२ बाट प्रतिनिधिसभाका सांसद बनेर प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान एवं गृहमन्त्री बनेका रवि नागरिकता मुद्दामा दोषी ठहर भएपछि आम नागरिक भएका छन्। फेरि नागरिकता लिएर अहिले उनी पुनः गृहमन्त्री बन्न प्रयासरत छन्। 

प्रकाशित: Feb 03, 2023| 18:27 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।