मंगलबार, फागुन १९, २०८२

पाकिस्तानमा जातीय समूहबीच झडप हुँदा ५ जनाको ज्यान गयो

पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा दुई जातीय समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

इस्लामावाद- पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तको बोलन जिल्लामा दुई जातीय समूहबीच झडप हुँदा पाँच जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

अधिकारीहरूका अनुसार जिल्लाको बाग–ए–नारी क्षेत्रमा जमिनको विवादलाई लिएर झडप भएको थियो। झडपमा दुबै समूहले स्वचालित हतियारको प्रयोग गरेका थिए। केही घण्टासम्म चलेको सशस्त्र झडपमा दुवै पक्षतर्फ हताहत भएको अधिकारीहरूले बताएका छन्। 

सुरक्षाकर्मीले मृतक र घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको छ भने घटनामा सम्लग्न अन्य व्यक्तिको खोजी भइरहेको प्रहरीले बताएको छ।

अधिकारीहरूका अनुसार थप भिडन्त हुन नदिन उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ।   -सिन्ह्वा

प्रकाशित: Feb 03, 2023| 19:45 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।