आइतबार, चैत १५, २०८२

रेफ्रीको निर्णयविरूद्ध एनआरटीको उजुरी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- शनिबार भएको ए डिभिजन लिगको उद्घाटन खेलमा रेफ्रीको निर्णयमा असन्तुष्टि जनाउदै न्युरोड टिम एनआरटीले अखिल नेपाल फुटबल संघ एन्फामा निवेदन दर्ता गराएको छ । 

करिव पाँच बर्ष पछि शुरू भएको पल्सर सहिद स्मारक ए डिभिजन लिगमा रेफ्रीको गलत निर्णयका कारण अंक बाँड्नु परेको आरोप लगाउनदै एनआरटीले आवश्यक अनुसन्धानकालागि एन्फामा उजुरी गरेको हो ।

उद्घाटन खेलमा फिफा रेफ्री सुदिस पाण्डेको विवादास्पद निर्णयको छानविन गर्न एनआरटीले माग गरेको छ। एनआरटीले रेफ्रीले दिएको पेनाल्टी र अन्तिम मिनेटको फ्रिकिकमा असन्तुष्टि व्यक्त गर्दै छानविनको माग गरेको छ। एनआरटीले छानविनकालागि दिएको निवेदन एन्फा महासचिव इन्द्रमान तुलाधरलाई बुझाएको छ।

‘एन्फाको निर्णय कहिले आउँछ हेरौ । त्यसपछि रेफ्रीलाई कारबाहि नभए लिग नखेल्ने जानकारी गराउछौ ।’ अध्यक्ष बज्राचार्यले भने। दुई पटक खेलमा अग्रता लिएपनि रेफ्री पाण्डेकै कारण अंक बाँड्नु परेको एनआरटीको गुनासो छ ।

क्लब अध्यक्ष दिपकहर्ष बज्राचार्यले रेफ्रीको निर्णयको विषयमा आवश्यक छानविन गर्न माग गर्दै एन्फामा निवेदन दर्ता गरिएको जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।