आइतबार, चैत १५, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • अन्तर्राष्ट्रिय आईटीएफ सर्किट-४ टेनिसमा कमल थापाको विजयी शुरूवात

अन्तर्राष्ट्रिय आईटीएफ सर्किट-४ टेनिसमा कमल थापाको विजयी शुरूवात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
कास्की- पोखरामा जारी अन्तर्राष्ट्रिय आईटीएफ सर्किट-४ टेनिस प्रतियोगितामा सहभागी राप्रपाका अध्यक्ष कमल थापाले विजयी शुरूवात गरेका छन् । शनिबारदेखि शुरु भएको प्रतियोगितामा थापाले भारतका नरहरि कडेकरलार्इ ६-१, ६-० को सहज सेटमा पराजित गरे। थापाले ५५ वर्षमाथिको एकल समूहमा कडेकरलार्इ पराजित गरेका हुन् ।

४५ वर्षमाथिको एकलतर्फको खेलमा धरमबहादुर लामिछानेले विमलकुमार गुरुङलाई ५-७, ६-४, ६-२ को सेटमा पराजित गरे। अर्को खेलमा भारतका नारायण मूर्ति कोटयालाले हुमबहादुर आलेलाई ६-२, ६-२ को सेटमा पराजित गरे। सोही उमेर समूहको अर्को खेलमा विनोद कायस्थले लोक गुरुङलाई ६-१, ६-० को सहज सेटमा पराजित गरे भने अमृत कार्कीले कुलबहादुर तामाङलाई ६-४, ४-६ र रिटायर्ड हर्टमा पराजित गरे।

यस्तै अर्को खेलमा महादेव भण्डारीले विष्णुसिंह थापालाई ६-१, ६-० को सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए। बच्चुगोपाल वंशीले नारायणप्रसाद पहारीलाई प्रतिस्पर्धात्मक खेलमा ६-४, ७-६, ६-३ ले पराजित गरे भने प्रताप मोक्तानले धर्मराज कोइरालालाई ६-३, ६-० ले पराजित गरे। अनुजकुमार बाँस्तोलाले शिवप्रसाद सेढाईलाई ६-१, ६-० को सोझो सेटमा पराजित गर्दै अर्को चरणमा पुगे।

३५ वर्षमाथिको एकलमा भारतका अनिलनाथ कल्ले नेपालका मुनेष थापालाई २-६, ६-१, ६-१ को सेटमा पराजित गरे। महेश श्रेष्ठले सीमान्त गुरुङलाई ६-०,३-६, ६-१ को सेटमा पराजित गर्दा नेपालका शीर्ष वरीयताका कमल भण्डारीले शरण गुरुङलाई ६-०, ६-२ को सोझो सेटमा नतिजा निकाले।

५५ वर्ष माथिको खेलमा समीर शेरचनलाई च्याम्बा ढुन्डुपले ६-३, ६-४ को सेटमा पराजित गरे। त्यस्तै भारतका डियोनम लामाले नेपालका वसन्त प्रधानलाई ६-२, ६-२ को सोझो सेटमा पराजित गरे। सोही उमेर समूहमा प्रतियोगितामा सहभागी नेदरल्यान्डका खेलाडी फ्रेंक लाप्रेले नेपालका विष्णुप्रसाद गैह्रेलाई ६-०, ६-० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाए। त्यस्तै कृष्णराज घलले भारतका दिगम्बर रावतलाई ६-१, ६-० को सेटमा पराजित गरे।

कास्की जिल्ला टेनिस संघको आयोजनामा भएको प्रतियोगिताको गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले प्रतियोगिता उद्घाटन गरेकी थिइन्।

थापाले गरेको ट्वीट
 

कास्की लनटेनिस संघको आयोजनामा पोखरामा आजदेखि शुरु भएको ITF Seniors International Tennis Tournament को ५५+ समुहमा भाग लिईरहेको छु। आजको पहिलो खेलमा भारतका एन भि कडेकरलाई ६-०,६-१ सोझो सेटमा पराजित गरें। pic.twitter.com/wlnZcWSTAi

— Kamal Thapa (@KTnepal) September 29, 2018
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।