मंगलबार, असार ३०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नाबालिगको उद्धार

बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नाबालिगको उद्धार

बलि दिन भारतको दिल्ली पुर्‍याइएकी नाबालिगलाई नेपाल प्रहरीको बेचबिखन अनुसन्धान ब्युरोले विशेष सूचनाका आधारमा उद्धार गरी घटनामा संलग्नताको आंशका ६ जनालाई पक्राउ गरेको हो।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९


काठमाडौं– नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको सक्रियतामा बलि दिन भारत पुर्‍याइएकी १६ वर्षीया नेपाली नाबालिगको उद्धार गरिएको छ। मंगलबार भारतको दिल्लीस्थित मंगलबजार गल्लीबाट बलि दिन भारत पुर्‍याइएकी नाबालिगको उद्धार गरिएको काठमाडौंमा पत्रकार सम्मेलन गरी ब्युरोले  जानकारी दिएको हो।

उद्धारपछि बालिकालाई सामाजिक संस्थाको जिम्मेवारीमा राखिएको ब्युरो निर्देशक प्रहरी उपनिरीक्षक जीवनकुमार श्रेष्ठले बताए। उनले भने, ‘बालिकालाई तान्त्रिक बाबासँग भेटाई तान्त्रिक बाबा खुसी भए अथाह पैसा पाउने भनिएको रहेछ। भारत लग्नुअघि बालिकाको तौल, उचाइ, शरीरमा दाग, टाटु र रजस्वला भए/नभएको परीक्षण गरिएको रहेछ।’

उनका अनुसार बालिकालाई भारत लग्नुअघि र लगेपछि दुई पटक शारीरिक परीक्षण गरिएको थियो। ६० केजी तौल भएको, कम्तीमा उचाइ पाँच फिट चार इन्चभन्दा माथि भएको, शरीरमा कुनै प्रकारको दाग वा टाटु, कुनै अंगमा चोटपटक नभएको र रजस्वला नभएको बालिकाको खोजी हुने क्रममा उक्त बालिकालाई भेटाइएको अभियुक्तले जानकारी दिएको ब्युरो निर्देशक श्रेष्ठले बताए। 

उनले भने, ‘प्रारम्भिक अनुसन्धानअनुसार अभियुक्तले बालिकालाई मुख्य तान्त्रिक बाबासँग केही दिनमा भेटाउने योजना बनाएको पाइएको छ। उनीहरुको आगामी पूर्णिमामा बालिकाको बलि चढाउने योजना रहेछ।’

यसबारे जानकार नभएको उनको भनाइ छ। ‘हामी दुई महिनादेखि बालिकाको खोजी अनुसन्धानमा जुटेका थियौं। दुई दिनअघि पाएको सूचनाका आधारमा बालिकाको उद्धार गरिएको हो।’

पीडित बालिका १७ मंसिरमा मामाघरबाट काठमाडौं ल्याइएको थियो। १९ पुससम्म काठमाडौंमा उनलाई बन्धक बनाइएको थियो। २० पुसमा बालिकालाई नेपाल–भारत सीमा सुनौली हुँदै दुई दिनमा भारतको दिल्लीस्थित पाहाडगञ्जमा पु¥याइएको प्रहरीको भनाइ छ। 

भारत पु¥याएपछि भारतका विभिन्न तीन स्थानमा रहेका तान्त्रिक बाबासमक्ष विभिन्न मितिमा निज बालिकालाई लगिएको थियो। आमा र बाबुबीचको सम्बन्ध खटपटका कारण बालिका मामाघरमा बस्दै आएकी थिइन्। ती बालिकालाई प्रलोभन देखाउनेमा बालिकाको नजिकको साथी र महिला संलग्न रहेको खुलेको छ। 

अहिले प्रहरीले यस घटनामा संलग्न ६ जनालाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जानकारी निर्देशक श्रेष्ठले दिए। प्रहरीको तथ्यांकअनुसार नेपालका विभिन्न नाकाबाट बेचबिखन र ओसारपसार हुनबाट माघमा मात्र १८ जना महिलालाई विभिन्न देशबाट उद्धार गरिएको छ। पछिल्ला पाँच वर्षमा ३० जना बालिकालाई बेचबिखन तथा ओसारपसार  हुनबाट उद्धार गरिएको प्रहरीको भनाइ छ। बेचबिखन हुनबाट बालिका, महिला, बालक र पुरुष गरी ४४३ जनाको उद्धार गरिएको छ।

प्रकाशित: Feb 03, 2023| 15:33 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।