आइतबार, जेठ ३, २०८३

'अभियोग लागेकाहरूलाई उम्मेदवार बन्न नदिने कानुन बन्दैछ'

प्रमुख निर्वचन आयुक्त दिनेशकुमार थपलियाले अभियोग लागेकाहरूलाई उम्मेदवार बन्न नदिने कानुन बनाउन लागेको बताएका छन्।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

National life

काठमाडौं- प्रमुख निर्वचन आयुक्त दिनेशकुमार थपलियाले अभियोग लागेकाहरूलाई उम्मेदवार बन्न नदिने कानुन बनाउन लागेको बताएका छन्। 

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा कार्यक्रममा बोल्दै उनले यसबारे मस्यौदा बनाउने काम भईरहेको उनले बताएका हुन्। उनले चैत मसान्तसम्म नयाँ कानुनसहित संसद‍्मा पेस गर्ने र नियमावली बनाउन लाग्ने बताए।

थपलियाले भने, 'अभियोग लागेको मान्छे निर्वाचित हुन्छ, तर निलम्बन भइहाल्छ, यसलाई कानुन बनाएर काम गर्नुपर्ने देखिएकाले त्यसका लागि  मस्यौदा बनाउने काम भईरहेको छ।  यस्ता व्यक्ति उम्मेदवार नै नहुने गरी काम गर्नुपर्नेछ।’

प्रकाशित: Feb 03, 2023| 14:59 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...