बिहीबार, भदौ १२, २०८२

अटोमा गाँजा ओसारपसार, पाँच जना पक्राउ

सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी राजमार्गबाट लागूऔषध गाँजासहित पाँच पक्राउ परेका छन्।
 |  शुक्रबार, माघ २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

vianetvianet

काठमाडौं- सुनसरीको दुहबी नगरपालिका-३ स्थित कोशी राजमार्गबाट लागूऔषध गाँजासहित पाँच पक्राउ परेका छन्।

Kumaribank

बिहीबार दिउँसो साढे ३ बजे विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर (आरआईटी) र सीआरभी पोष्ट दुहबीबाट खटिएको प्रहरी टोलीले इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको को२ह ३०४४ नम्बरको अटो चेकजाँच गर्ने क्रममा लुकाएर राखेको १७ किलोग्राम गाँजा बरामद गरेको हो।

पक्राउ पर्नेमा अटो चालक इटहरी उपमहानगरपालिका- ११ का ३७  वर्षीय महमद हजरत अली, अटोमा सवार इटहरी- १३ का १९ वर्षीय आकाश पटेल र २७ वर्षीय आशिष पटेल रहेका छन्। 

यस्तै इटहरी- १२ का २७ वर्षीय अरुणकुमार सरदार र देवानगञ्ज गाउँपालिका-५ का २३ वर्षीय मिथिलेस यादवलाई समेत प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ।

प्रकाशित: Feb 03, 2023| 14:05 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।