बिहीबार, भदौ १२, २०८२
  • गृहपृष्ठ
  • समाज
  • चोरीको मोटरसाइकल समात्दा अभियुक्तको साथबाट पेस्तोल बरामद, तीन जना पक्राउ

चोरीको मोटरसाइकल समात्दा अभियुक्तको साथबाट पेस्तोल बरामद, तीन जना पक्राउ

चाइनिज पेस्तोल, गोली, लागूऔषध र चोरिएको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय इटहरीले तीन जनालाई पक्राउ गरेको छ।
 |  शुक्रबार, माघ २०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

vianetvianet

सुनसरी- चाइनिज पेस्तोल, गोली, लागूऔषध र चोरिएको मोटरसाइकलसहित इलाका प्रहरी कार्यालय इटहरीले तीन जनालाई पक्राउ गरेको छ।

Kumaribank

पक्राउ पर्नेमा इटहरी- १५ का ३० वर्षीय सुजित मग्राती माझी र इटहरी १० का १९ वर्षीय मुकेश कोइराला रहेका छन्। उनीहरूले चोरीको मोटरसाइकल कुदाई रहेको र पेस्तोलसमेत रहेको भनी सूचना पाएसँगै इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले इटहरी-१२ बाट पक्राउ गरेको जनाएको छ।

उनीहरूको साथबाट प्रहरीले १ थान चाइनिज पेस्तोल, सोही पेस्तोलमा लाग्ने ६ राउण्ड गोली, १५० मिलिग्राम ब्राउन सुगर र नाईट्रोसन ट्याब्लेट तथा प्रदेश नम्बर १–०२–०४३ प ६८९७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ। 

यसैगरी इटहरी–११ का ३३ वर्षीय मणि कुमार राईलाई मोटरसाइकल चोरी गरेको आरोपमा चोरी भएको मोटरसाइकलसहित प्रहरीले पक्राउ गरेको छ।

माघ १७ गते इटहरी–१ बाट मोटरसाइकल चोरी भएको भन्ने सूचना पाएसँगै खोजतलासमा खटिएको प्रहरी टोलीले चोरी भएको प्रदेश १–०२–०४६ प ३१२९ नम्बरको बुलेट मोटरसाइकलसहित राईलाई पक्राउ गरेको हो। उनीहरूलाई  पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Metro Mart

प्रकाशित: Feb 03, 2023| 13:12 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।