मंगलबार, वैशाख १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालिका बलात्कार मुद्दामा ७३ वर्षीया वृद्धलाई जन्मकैदको फैसला

बालिका बलात्कार मुद्दामा ७३ वर्षीया वृद्धलाई जन्मकैदको फैसला

जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो।
 |  शुक्रबार, माघ २०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २०, २०७९

नाबालिका बलात्कारको अभियोगमा तनहुँ अदालतले एक अभियुक्तलाई जन्मकैदको फैसला सुनाएको छ। जिल्ला न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले भानु नगरपालिका–१० का ७३ वर्षीय वृद्धलाई जन्मकैदको फैसला सुनाएको हो। 

National life

नाबालिकालाई बलात्कार गरेको अभियोगमा बिहीबार आरोपितलाई जन्मकैदको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए। मुद्दाको संवेदनशीलताका कारण पीडकको नाम खुलाउन नमिल्ने उनले बताए। ०७७ असार १५ मा र साउन ४ मा ९, ११ र १२ वर्षीया तीनजना बालिकालाई बलात्कार गरेको अभियोगमा आरोपितलाई प्रहरीले ०७७ कात्तिक २ मा पक्राउ गरी जिल्ला कारागारको थुनामा राखेको थियो।

सोही आरोपमा थुनामा रहेका १७ वर्षीय किशोरलाई भने सफाइ दिइएको छ। आरोपितमाथि तीनवटा छुट्टाछुट्टै बलात्कारको मुद्दा दर्ता भएकामा बाँकी दुईवटा मुद्दामा पनि कसुर ठहर भएको छ भने सजाय निर्धारण भने बाँकी छ। आरोपित ०७७ कात्तिक अन्तिम सातादेखि पुर्पक्षका लागि थुनामा छन्। 

०७७ कात्तिक २४ मा जबर्जस्ती करणी अभियोगमा प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो। उक्त मुद्दामा १७ पटक पेसी चढेको थियो। 


प्रकाशित: Feb 03, 2023| 12:48 शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।